त्रिबेणीधाममा भोलिदेखि एक महिने मकर मेला सुरुहुने

Posted on: 14 Jan, 2016

पुस ३०, मकवानपुर । कुश्माण्ड सरोबर त्रिबेणीधाममा भोलिदेखि एक महिने मकर मेला सुरु हुँदैछ । हरेक वर्ष माघ १ गतेदेखि एक महिनासम्म हेटौँडा ९ मा रहेको कुश्माण्ड सरोबर त्रिबेणीधाममा यो मेला लाग्ने गर्दछ । मेलाको भोलि १ गते बिहान उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनका अबसरमा मकवानपुर जिल्लाबाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने साँसदहरु तथा मकवानपुरका विभिन्न क्षेत्रका बुद्धिजीवीहरुलाई निमन्त्रणा गरिएको सकितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । मेलाको आज बिहान गुरुपुरोहितले पूर्वाङ्ग गर्नुभएको छ । मेलामा भोलि नै सामूहिक ब्रतबन्धको कायृक्रम पनि राखिएको छ । एक महिनाभर प्रत्येक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म श्रीमद्भागवत कथा प्रवचन हुने कार्यक्रम रहेको छ । मकवानपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित हुँदै गरेको यस क्षेत्रमा अहिले कुश्माण्ड सरोबर निर्माणको काम भइरहेको छ । सो सरोबर निर्माणका लागि विभिन्न समयमा संकलन भएका सहयोग रकम तथा नेपाल सरकारबाट प्राप्त रकमको प्रयोग भइरहेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!