जागिरे मानसिकता त्याग गरेर सेवाको भावले काम गर्नुस्

Posted on: 14 Jan, 2016

पुस ३०, मकवानपुर । मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यले शिक्षकहरुलाई जागिरे मानसिकता त्याग गरेर सेवाको भावले काम गर्न आग्रह गर्नुभएको छ । नगर स्तरीय शैक्षिक समन्वय समितिको आज भएको २२ औँ साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका विशेष अतिथि शिक्षा अधिकारी आचार्यले शैक्षिक क्षेत्रमा राम्रा मान्छेलाई हाम्रा मान्छे भन्नु पर्ने र हाम्रा मान्छलाईमात्र काखी च्याप्ने परम्परा त्याग्न शिक्षक नेताहरुलाई आग्रह गर्नुभयो । नयाँ शिक्षकहरुको पोष्टिङका क्रममा विषय परिवर्तनको कुरा नगर्न पनि शिक्षक संघसंगठनहरुलाई उहाँले अनुरोध गर्नुभयो । उहाँले मकवानपुरलाई शैक्षिक गन्तव्यको रुपमा केन्द्र बनाउन सबै लागि पर्नुपर्ने बताउदै मकवानपुरलाई साक्षर जिल्ला घोषणा गर्न नसकिउकोमा चिन्ता व्यक्त गर्नुभयो । शैक्षिक समन्वय समितिका अध्यक्ष गणेश हुमागाइँको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापा, हेटौँडा उपमहानगरिपालिकाका कार्यकारी अधिकृत सुदेव कुमार पोखरेललगायत शिक्षक संघसंगठनका प्रतिनिधिहरको उपस्थििति रहेको थियो । सो अबसरमा सेवा निबृत्त शिक्षकहरुलाई सम्मानपत्र पनि प्रदान गरिको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!