उपचार नपाएर अस्पतालमै कुहिए विरामी, मानव सेवा आश्रम हेटौडाले लियो उपचार सहितको जिम्मेवारी

Posted on: 19 Oct, 2016

कार्तिक ३ हेटौडा

प्रहरीले उद्धार गरी हेटौडा अस्पतालको जिम्मा लगाएका एक बेवारिसे बिरामीको अवस्था दयनिय वनेको पाइएको छ । दुई साता अघि प्रहरीले मानसिक अवस्था कमजोर रहेका ती बिरामीलाई उद्धार गरी हेटौँडा अस्पतालको जिम्मा लगाएको थियो । अस्पताल ल्याइएको दुई सातापछि पनि उनको उपचारमा अस्पतालले चासो नदेखाए पछि  लियो क्लव अफ हेटौडा भुटनदेविको पहलमा उद्धार भएको छ। मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालको मुख्य भवनको दोस्रो तल्लास्थित एउटा कुनामा उनी असाध्यै गन्हाईरहेको अवस्थामा भेटिएका हुन् ।

ती बिरामी रहेको स्थान वरिपरिबाट अन्य बिरामीहरु अन्यत्रै सारिएको देखे पछि युवाहरु सहित उनको अवस्था बुझ्न गएका निमित्त प्रमुख जिल्ला अधिकारी हरि पन्तको निर्देशनमा मानव सेवा आश्रम हेटौडाले उपचार सहितको जिम्मेवारी लिएर हेटौडा अस्पतालमा उनलाई बेडमा राखेर उपचार गर्न थाले छ ।

बिरामीको नियमित उपचार र रेखदेख नहुँदा अवस्था बिग्रदै गएको पाइएको क्लवका सदस्य जिबराज बख्रेलले बताउनुभयो । रेखदेख गर्ने मान्छेको अभावमा उपचारमा समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ । गरिबी उपचार कोषबाट उनको उपचार गरिरहेका बताउँदै अस्पतालका मेसु सर्वेश शर्माले बिरामीको मानसिक अवस्था समेत कमजोर रहेकाले अत्यन्तै निगरानिमा राखेर उपचार गर्नुपर्ने बताउनुभयो । मकवानपुर प्रहरीले उनको आफन्तजन खोजिकार्य गरिरहेपनि अहिलेम्म पत्ता नलागेको जनाएको छ । मानिस हराएको बारे प्राप्त निवेदनहरु अध्ययन गर्दै उनको आफन्त खोज्ने काम गरिरहेको मकवानपुर प्रहरी प्रमुख एसपी मिरा चौधरीले बताउनुभयो । 

उपचारमा तपाँइ पनि सहयोग गर्न चाहानुहुन्छ भने ९८४५६७९६४८ मा सम्पर्क गर्न सक्नुहुने छ ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!