पालुखा मावि सर्दै, विष्टद्धारा भवन शिलान्याश

Posted on: 21 Oct, 2016


प्रेम सुनार/कात्तिक ५, गुल्मी । उच्च माध्यमिक विद्यायल सञ्चालन गर्ने उद्देश्यका साथ गुल्मी हस्तिचौर ८ को पालुखा उच्च माध्यमिक विद्यालय अर्कै ठाउँमा स्थानान्तरण हुने भएको छ । आज भन्दा ५० बर्ष अघि देखी सञ्चालन भएको पालुखा निम्न माध्यमिक विद्यालय माथी पालुखा गाउँबाट नेवारी फाँटमा सर्ने भएको हो ।

उक्त स्थानमा बन्न लागेको विद्यालय भवनको  गुल्मी क्षेत्र न ३ का  सांसद गोकर्णराज विष्टले शिलन्यास गरेका छन् । शिलन्यास कार्यक्रममा बोल्दै सांसद विष्टले थप भवन निर्माणका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए  ।

विद्यालय तल फाँटमा समथल स्थलमा सार्नका लागि पालुखा ८ का शेर बहादुर कुँवर, श्यामलाल श्रेष्ठ, कृष्ण श्रेष्ठ र वडा नं ९ का रुक बहादुर नेपालीले निःशुल्क जग्गा दान गरेका छन् ।

करिब ७ रोपनी जग्गामा बन्न लागेको २ कोठे भवन जिल्ला शिक्षा

कार्यालयबाट १३ लाख रुपैयाँ विनियोजन गरी बनाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कुँवरले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!