भुकम्प प्रभावितहरुको लगत संकलनमा सघाउने सामाजिक परिचालकहरुका लागि तालिम, पहिलोचरणमा ५१ टोली परिचालन

Posted on: 01 Feb, 2016

 माघ १८, हेटौँडा । भुकम्प प्रभावित क्षेत्रमा आवास पुन ः निर्माणका लागि लगत संकलनमा सहयोग पु¥याउन सामाजिक परिचालकहरुका लागि आजबाट मकवानपुरका अभिमुखीकरण सुरु भएको छ । भुकम्प प्रभावित आवास पुन ः निर्माण लगत सङ्कलन व्यवस्थापन कार्य समूह मकवानपुरको आयोजनामा सुरु भएको अभिमुखीकरण तालिम भोलि सोमबारसम्म चल्नेछ ।

मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्य तथा निमित्त स्थानीय विकास अधिकारी निर्मल प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा तालिमको उद्घाटन गरिएको थियो । तालिममा कार्यक्रममा मकवानपुरको आग्रा, टिष्टुङ्, नामटार, गोगने,खैराङ्, मार्खु, फाखेल, कालिकाटार, भार्ता, डाडाखर्क, चित्लाङ्, कुलेखानी गाविस तथा थाहा नगरपालिकाका गरी ५१ जना सामाजिक परिचालकको सहभागिता छ । भुकम्पबाट बढी प्रभावित मकवानपुरको उत्तरीक्षेत्रमा लगत सङ्कलनका लागि स्थानीय स्तरमा सहयोग गर्ने सामाजिक परिचालकलाई प्रदान गरिएको अभिमुखीकरणमा तथ्याङ्क कार्यालय मकवानपुरका प्रंमुख नवराज पौडेल, मोहनकुमार पुडासैनी, जिल्ला विकास समिती मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, जिल्ला विकासका योजना प्रमुख किसन न्यौपानेले सहजीकरण गरिरहनुभएको छ । ामाजिक परिचालनले लगत संकलनमा खटिएका इन्जिनियरहरुलाई सहयोग गर्ने छन् । भुकम्प प्रभावित जिल्लाहरुका आवासीय घरको क्षतिको विवरण संकलन, भूकम्प प्रभावित जिललाहरुका परिवारहरुको आर्थिक सामाजिक विवरण संकलन र भूकम्प प्रभावित जिल्लाहरुका घर तथा परिवारहरुको विद्युतीय तथ्यांकीय आधारहरु तयार गर्नु रहेको छ । तालिमपश्चात सामाजिक परिचालक र इन्जिनियरको टोलीले मंगलबारबाट लगत संकलन कार्य सुरु गर्ने छन् । मकवानपुरका थप गाविस र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पछि दुईचरणमा लगत संकलन गरिने तथ्यांक कार्यालयले जनाएको छ । लगत संकलनमा स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्च हर्डले सहयोग पु¥याउँदै आएको छ । भूकम्प अति प्रभावित १४ जिल्लामा लगत संकलन गरिने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!