डडेल्धुरा सदरमुकाममा रहेको क्याम्ब्रिज पब्लिक स्कुलको एउटा भवनमा आगलागि

Posted on: 24 Oct, 2016

ललित बोहरा /कार्तिक ८ डडेल्धुरा ।  डडेल्धुरा सदरमुकाममा रहेको क्याम्ब्रिज पब्लिक स्कुलको एउटा भवनमा आगलागि हुदाँ सामान्य क्षति भएको छ । सोमबार दिउँसो साढे १ बजे एक तले भवनको ग्यालरी भित्र एक्कासी लागेको आगोले प्लाष्टिक र काठका दुइ–तीन वटा कुर्चि जलेका आगो नियन्त्रणमा सलंग्न प्रहरी  निरिक्षक हेमराज घिमीरीले जानकारी दिएका छन । आगलागि बारे समयमै स्थानियहरुले प्रहरीलाई खबर गर्दा आगो नियन्त्रणमा सहज भएको हो । आगो प्रहरी र स्थानियहरुको सक्रियतामा नियन्त्रणमा आएको थियो भने अमरगढी नगरपालिकाको बारुणयन्त्र पनि तयारी अबस्थामा आइपुगेको थियो । आगलागिको कारण थाहा नभएपनि कुनै ब्यक्तिले लगाएको हुन सक्ने प्रहरीको आशंका छ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!