हेटौँडाको कुश्माण्ड सरोबर त्रिबेणी धाममा लागिरहेको एक महिने मकर मेला सम्पन्न

Posted on: 12 Feb, 2016

माघ २९, हेटौंडा । हेटौँडाको कुश्माण्ड सरोबर त्रिबेणी धाममा लागिरहेको एक महिने मकर मेलाको आज समापन भएको छ । माघ १ गतेदेखि महिनाभर लागेको मकर मेलाको आज एक विशेष कार्यक्रमसहित समापन गरिएको हो ।

हेटौँडा उपमहानगर पालिकाका कार्यकारि प्रमुख सुदेव कुमार पोखरेलको प्रमुख आतिथ्य तथा समितिका अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेकी जिल्ला अध्यक्ष मुनु सिग्देल, राप्रपा नेपालका केन्द्रीय सदस्य दिपक बहादुर सिंह, विश्व हिन्दु महासंघ मकवानपुरका अध्यक्ष रामप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो । आज तिलार्चन सहित एकमहिने श्रीमद्भागवत गर्ग संहिता मास पारायणको समापन गरिएको हो ।

एक महिनासम्म पण्डित मुरारीप्रसाद चालिसेले कथा वाचन गर्नुभएको थियो । आज करिब ९० जना भन्दा बढी बटुकको ब्रतबन्ध गरिएको समितिका अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिनुभयो । एक महिने मकर मेला तथा श्रीमद्भागवत गर्गसंहिता श्रवण र एकसय ८ गौमुखी धारामा स्नान गर्नका दर्शनार्थीहरुको आउने क्रम बिगतका तुलनामा बढिरहेको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

यस वर्ष बारा,पर्सा, नवलपरासी,चितवन, गोरखा काठमाण्डौँ, भक्तपुर,सिन्धुपाल्चोक लगायतका जिल्लाबाट दर्शनका लागि आएको उहाँले बताउन्भयो । यस वर्षको एक महिने मेलामा विभिन्न स्थानबाट आएका भक्तजनहरुले स्वेच्छाले दिएको भेटीबाट मेलाको खर्च व्यवस्थापन गरिएको समितिका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

स्वतस्फुर्त रुपमा भक्तजनहरुले दिएको सामान्य भेटीबाट करिब ५ लाख संकलन भएको पनि उहाँले बताउनुभयो । एक महिनासम्मको भागवत सफलतापूर्बक सम्पन्न भएको न्यौपानेले बताउन्ुभयो

यस बिषयमा तपाइको प्रतिक्रिया...!