डडेल्धुराका पाइलट उप्रेतीले २६ अर्बमा एयरबस किने

Posted on: 24 Oct, 2016

डडेल्धुरा । एक जना पाइलटले जहाज उठाउँदा उठाउँदै जहाज नै किन्ने भएका छन् । उनले २६ अर्ब नेपाली रुपैयाँ मूल्य पर्ने टर्किस एयरलाइन्सको डिजेबल एयरक्राफ्ट खरिद गरेका हुन् ।

पाइलटकाे कमाइले नै विमान किन्ने उनी सुदूरपश्चिमको डेडेल्धुराका पाइलट बेद उप्रेती हुन् । आइतबार उक्त जहाजको स्वामित्व लिएको टर्किस एयरलाइन्सको प्राविधिक कम्पनी टर्किस टेक्निकलले बेद उप्रेती ट्रष्टलाई जहाज बिक्रि गर्ने सम्झौता गरेको छ । मर्मत गरेर उडान गर्न नमिल्ने उक्त विमानको खरिद रकम भने दुवै पक्षले सार्वजनिक गरेका छैनन् । 

विमानको मूल्य सार्वजनिक नगर्ने सहमतिअनुसार उप्रेती र टर्किस एयरलाइन्सबीच सहमति भएको बताइएको छ । कान्तिपुर दैनिकका अनुसार उप्रेती इन्डोनेशियाको लायन एयरको विमानका पाइलट उप्रेतीले टर्किसको एयरबस ए–३३० विमान किनेका हुन् । वर्षअघि कैलालीको धनगढीमा पाइलट उप्रेतीले डेढ करोड रुपैयाँ लगानीमा स्थापना गरेको एयरक्राफ्ट म्युजिम लोकप्रिय छ ।

 - डबली न्यूजबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!