'सरकारको छ महिनाकोकार्यप्रगतिसँग म सन्तुष्ट छैन'- उपप्रधानमन्त्री थापा

Posted on: 31 Mar, 2016

Kamal-Thapaजीवराज बख्रेल । चैत १८, हेटौडा । उपप्रधान, परराष्ट्र तथा स्थानिय बिकाश मन्त्री कमल थापाले सरकारको छ महिनाको कार्यप्रगतिसंग आफु सन्तुष्ट नभएको बताउनुभएको छ ।

सरकारी प्रशाशनिक क्षेत्रमा रहेको पार्टीकरण, यो सरकारले पृथ्बी जयन्तीलाई राष्ट्रिय पर्बका रुपमा मनाउनका लागि निणय हुन नसक्नु लगायतका बिषयमा सरकारप्रति आफुहरु असन्तुष्ट रहेको बताउनुभयो । राप्रपा नेपाल हेटौडा नगर परिषदको बुधबार हेटौडामा उध्घाटन् गर्दै पार्टीका अध्यक्ष समेत रहनुभएका अध्यक्ष थापाले आगामी दिनहरुमा सरकारमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा बिहिबारदेखि बिरगन्जमा हुने केन्द्रीय समितिको बैठकमा छलफल हुने बताउनुभयो ।

राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर बिष्ठले पार्टी सरकारबाट फिर्ता हुनुपर्छ भनेको भोलीपल्ट आज उहाँको यस्तो भनाई बाहिर आएको हो । तर राप्रपा नेपालका कारणले गर्दा सरकारलाई कुनैपनि असजिलो हुन नदिने उहाँको भनाई छ ।

आगामी चारबर्ष भित्रमा उतरी चिन र नेपाल जोड्ने रेलमार्ग निर्माण हुने उहाँको दाबि छ । चिनसंग भर्खरै भएका पारबहन तथा यातायात संझौताले गर्दा तेस्रो मुलुकसंग ब्यापार गर्नका लागि पनि सजिलो भएको उहाँले बताउनुभयो । चिनले गरेको आर्थिक बिकाशले नेपाललाई निकै फार्यदा पुगेको उहाँले बताउनुभयो । नेपाल र चिनबिच भएका सबैखालका संझौताले नेपालाइृ दिर्घकालिन रुपमा फाईदा पुग्ने उहाँको भनाइृ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!