सद्भावको लागि एकताले खेलकुद प्रतियोगिता गर्ने

Posted on: 28 Oct, 2016

कार्तिक १२ पर्वत ।
 जिल्लामा क्रियाशिल रहदै आएको एकता युवा क्लबले आपसमा सद्भाव र एकता कायम गर्नको लागि खेलक्ुद प्रतियोगिता गर्ने भएको छ ।हिन्दुहरुको दोस्रो ठूलो पर्व शुभ दिपावलीको अबसरपारी एकता क्बलले यहि शनिवार विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको हो । एकताचोकमा क्लबले लठो तान्ने, पूरूष÷महिला। मैदा चक्लेट (पुरुष÷महिला), घैंटो फूटाउने (पूरूष÷महिला), फास्ट वाक रेस, गर्ने तयारी गरेको क्लबका अध्यक्ष अच्यूत तिवारीले जानकारी दिएका छन् ।
    उक्त कार्यक्रम सम्पन्न गर्नको लागि ३० हजार खर्च लाग्ने क्लबले अनुमान गरेको छ । क्लबले कार्यक्रम संचालनको लागि कबिन्द्र के.सीलाई मुल संयोजकका रुपमा चयन गरेको छ । एकता क्लबले जिल्लामा समाजिक, धार्मिक तथा पर्यटकीय क्षेत्रमा काम गर्दै        आइरहेको छ ।
 परिवर्तनका सम्बाहक युवा युवाको एकता आजको आवस्यकता’’भन्ने नाराका साथ २०६४ सालमा स्थापना गरीएको यस एकता युवा क्लवले स्थापना काल देखी नै धार्मिक, आन्तरीक पर्यटन प्रबर्दन,शैक्षीक, वातावरणीय, सरसफाई,खेलकुद तथा लोपहुन लागेका भजन भाँडा जगेर्ना लगायतका कार्यहरू गर्दै आएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!