मकवानपुरको भैँसेमा सुमो दुर्घटना हुदा १ जनाको मृत्यु , ९ घाइते

Posted on: 07 Apr, 2016

जिबराज बख्रेल । चैत २५, मकवानपुर । हेटौडा बाट काठमाण्डौ जादै गरेको ना १ ज २००९ नम्बरको टाटा सुमो भैसे ७ मा दुर्घटना भएको छ ।दुर्घटनामा परि १जनाको ज्यान गएको छ भने ९ जना घाईते भएका छन्।मृत्यु हुनेमा हेटौडा १४ पदमपोखरीका ४ बर्षीय बालक बासु काईराला रहेका छन् । अन्य घाईतेको चुरेहिल अस्पतालमा उपचार भईरहेको जील्ला प्रहरीकार्यालय मकवानपुरले जनाएको छ । घाईते हरुमा हेनपा १४को ३१ वर्षिय गोमन प्रसाद कोइराला, ६ वर्षिय इसिका ढकाल, काममान्डौ मुलपानी का ५६ वर्षिय पुरुषोत्तम खनाल, नामटार ९ का ३० वर्षिय मिनलामा , हेटौडा १४का४० वर्षिय राजेन्द्र मैनाली र हेटौडा ३ का सुकुलाल स्याङतानको सामान्य अवस्थामा उपचार भएरहेको छ । हेटौडा १४ पदम पोखरीका ६० वर्षिय धन लक्ष्मि ढकाल र ३० वर्षिय अमिता कोइरालाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । सुमो चालक फरार रहेको र खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!