जिल्लास्तरिय भलिवल प्रतियोगितामा ५ खेल

Posted on: 26 Apr, 2016

बैशाख १४ मकवानपुर । मकवानपुरमा हिजो देखी सुरु भएको जिल्लास्तरिय भलिवल प्रतियोगितामा ५ खेल भएका छन् । हेटौडाको हुप्राचौरमा जारी प्रतियोगितमा आज थाहा नगरपालिकाले चिउरी वगैचा यूवा क्लव लाई २५—१५, २५—१९को सोझो सेटमा हरायो त्यस्तै आयोजक केसव लाल श्रेष्ठ स्मृति प्रतिष्ठानले सरीखेत खेलकुद मञ्चलाई २५—९र२५—१७को सेटमा पराजित गर्याे ।

त्यस्तै आजकै खेलमा थाहा नगरपालिकाले युग प्रकाश युवा क्लवमाथि२५ —१५,२५—१७ को जित दर्ता गरायो । यसैविच अर्काे खेलमा आयोजकले सुकौरा लाई २५—२० ,२४—२६र१५—९ ले पछि पार्दै जित्यो । आर्काे खेलमा चिउरी वगैचाले हटिया लाई २५—१९ ,१८—२५र १६—१४ ले पराजित गरेको थियो ।

प्रतियोगिता अन्तर्गत भोलि ५ खेल हुने छन् । सेमिफाईनल र फाईनलका खेल पर्सि हुने आयोजनकले जनाएको छ । केशव लाल क्षेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुरको आयोजनामा भएको प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २५ हजार नगर सहित शिल्ड, मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!