आगलागीका घटना धेरै हुन नदिन अग्नि नियन्त्रण तालिम सम्पन

Posted on: 29 Apr, 2016

जीवराज बख्रेल । वैशाख १७, हेटौंडा । गर्मी मौसममा आगलागीका घटनाहरु धेरै हुने गरेको अवस्थालाई मध्यनजर गर्दै हेटौँडा उपमहानगरपालिकाले सञ्चालिन गरिएको पाँचदिने क्षत्रीय स्तरको आधारभुत अग्नि नियन्त्रण तालिम आज समापन भएको छ ।

अग्नि नियन्त्रण सम्बन्धी नयाँ प्रविधिको ज्ञान, वारुणयन्त्रका कर्मचारीहरूको क्षमता अभिवृद्धि साथै आगलागीबाट धनजनको क्षति कम गराउन सघाउ पुर्याउने उद्देश्यका साथ नारायणी र जनकपुर अञ्चलका नौ वटा नगरपालिकाको अग्नि नियन्त्रण शाखामा काम गर्ने १७ जना कर्मचारीको लागि सोमबारबाट हेटौँडामा तालिम सुरु भएको थियो । हेटौँडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलको अध्यक्षतामा तालिमको समापन भएको थियो । पोखरेले पछिल्लो समय आगलागीका घटनामा अत्यन्तै वृद्धि भइरहेकाले त्यसको नियन्त्रण र घटना हुँदाको समयमा गर्नुपर्ने उद्धारका लागि यस्तो किसिमको तालिमले महत्वपूर्ण भुमिकाका खेल्ने बताउनु साथै आफू बचेर अरुलाई बचाउने कार्यमा लाग्नको निम्ति कर्मचारीलाई अनुरोध समेत गर्नु भएको छ ।

उहाले मकवानपुर जिल्ला आगालागि नियन्त्रण गर्नको लागि एक मात्र एन्त्र भएकोले समस्या रहेको र आवश्यकतालाई परिपूर्ति गर्नको लागि सक्दो पहल गरिरहेको बताउनु भयो । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले आधारभुत अग्नि नियन्त्रण तालिम दिएको नगरपालिकाका प्रशासन महाशाखा प्रमुख शंकर उपाध्यायले जानकारी दिनु भयो । तालिममा जुद्ध वारुणयन्त्र कार्यालय काठमाण्डौँका स्रोतव्यक्ति किशोर भट्टराईले सहजीकरण गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!