राप्रपा नेपाल हेटौंडाको बिभिन्न क्षत्रिय अधिवेशन भोली हुँदै

Posted on: 29 Apr, 2016

जिवराज बख्रेल | वैशाख १७, हेटौंडा । राट्रिय प्रजातन्त्र पार्टि नेपाल हेटौंडाको नगर युवक संगठन, राट्रिय प्रजातान्त्रिक महिला संगठन र ३ नम्वर क्षत्रिय अधिवेशन भोली हुने भएको छ । राप्रपा नेपालले आज पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको तयारी पुरा भएको जनाएको छ ।

भोली हुने अधिवेशनले तिन वटै संगठनमा नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ । अधिवेसनले महिला संगठन तथा ३ नंम्वर क्षत्रिय अध्यक्षको चयन सर्वसम्मत गर्ने लगभग निस्चित भए पनि नगर युवक संगठनमा भने कडा प्रतिस्पर्धा हुने देखिएको छ । नगर अध्यक्ष पदमा पाच जना आकांक्षी देखिएका छन् । आज भएको पत्रकार सम्वेलनका विच नगर अध्यक्षमा भिर्गु काकी, सैलेस ढकाल, सुनिल थापा, उमेश थापा र सिराज थापाले आफ्नो उमेद्धवारी रहने घोषणा गरेका हुन् । ३४० प्रतिनिधी सहभागी हुने अधिवेसनले ३३ सदस्य कमिटि चयन गर्ने छ । महिला संगठनमा कल्पना लामा र ३ नंम्वर क्षत्रिय अध्यक्षमा धुर्व संजेल सर्वसम्म हुने सम्भावना रहेको जनाइएको छ ।

राप्रपा नेपालका केन्द्रिय सदस्य दिपक वहादुर सिंहको प्रमुख आतिथ्यतामा भोली ११ वजे अधिवेशनको उद्धघाटन हुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!