मकवानपुरको 'गाउँ जागरण अभियान' को पहिलो श्रृखंला सम्पन्न

Posted on: 08 May, 2016

बैशाख २६, मकवानपुर । प्रगतिशील लेखक संघ मकवानपुरको ूगाउँ जागरण अभियानू २०७३ को पहिलो श्रृखंला आज श्री राष्ट्रिय मावि सुनाचुरीमा सम्पन्न भएको छ ।

सहरकेन्द्रित कार्यक्रमले गाउँ र जनताका आवाज समेट्न नसकेको ठहर गर्दै प्रत्येक महिनाको १ दिन गाउँ र त्यहाँका जनआवाज समेट्न प्रलेस मकवानपुरले यस्तो कार्यक्रम थालनी गरेको संघका सचिव सुनील गौतमले बताउनु भयो । कोठे साहित्यले वास्तविक अग्रगमन नलिने र जनजागरण नगर्ने भएकाले यो वर्षबाट नयाँ गठीत कार्यसमितिले यो कार्यक्रम शुरुवात गरेको अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिनुभयो ।

makwanpur sajha sabal

पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संथापक अध्यक्ष एवम् बुद्दिजीवि डा। सम्राट तुम्वाहाङ्फेको प्रमुख आतिथ्यता रहेको थियो । संस्थापक सचिव एवम् बरिष्ठ साहित्यकार आर आर चौलागाई र अग्रज पत्रकार सञ्चारकर्मी कौशल पाण्डेको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाल बसोवास संरक्षण समाज मकवानपुरका अध्यक्ष कमलचन्द्र सुमन, राष्ट्रीय मावि सुनाचुरीका प्रधानाध्यापक युवराज शर्मा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

संघका सचिव सुनील गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा, उपाध्यक्ष पूर्णकला घिमिरे र सि एम रिमाल, कोषाध्यक्ष नानीमायाँ बिष्ट, सहसचिव शान्तिप्रिय बन्दना, सदस्य विशाल अधिकारी आशुतोष, सञ्चारकर्मी शुभलक्षमी प्रभा तथा विद्धार्थीहरुले रचना बाचन गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!