‘पर्वतीय महोत्सव’ मङ्सिर दोस्रो हप्ता

Posted on: 12 Nov, 2016

कात्तिक २७, पोखरा । विश्व पर्वत दिवसका उपलक्ष्यमा पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय रातोपैह्रामा तेस्रो पर्वतीय महोत्सव आगामी मङ्सिर दोस्रो सातामा हुने भएको छ । 

पर्वतीय पर्यावरण संरक्षण र खेलकुद संस्कृतिको प्रवद्र्धनका साथै हिमाली क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव गरिने भएको हो । 

मङ्सिर १० र ११ गते हुने महोत्सवमा क्लाइम्बिङ वाल प्रतियोगिता, छेलो, धनुकाँड, दोहोरीगीत, पर्वतीय वृत्तचित्र प्रदर्शनी लगायत विभिन्न आकर्षण रहने सङ्ग्रहालयमा आज आयोजित छलफल कार्यक्रममा संयोजक कुशल गुरुङले जानकारी दिनुभयो । 

महोत्सवमा ज्ञान, सीप र सूचनामूलक तथा विभिन्न आयमूलकसहितका ४० कक्ष रहने छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!