रामेछापमा ग्याँस कालोबजारी गर्ने एक व्यापारी पक्राउ

Posted on: 12 Nov, 2016

प्रज्वल पौडेल ।कार्तिक २७,रामेछाप । 

रामेछाप जिल्लामा एल पी ग्यासको प्रचलित मूल्य भन्दा बढि लिएर बिक्रि गर्ने एक व्यापारी पक्राउ परेका छन् ।  रामेछाप नगरपालिका वडा नं. ५ रामेछाप डाँडा स्थित योञ्जन ग्यास स्टोर्स एण्ड सप्लायर्सका सन्चालक अमित कुमार तामाङगलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले खाना पकाउने एल पी ग्यास उद्योग बाणिज्य संघ मन्थलीले उपलब्घ गराएको प्रचलित मुल्य रु १५२५ मा ग्यास बिक्री बितरण गर्नु पर्नेमा रु १७५० मा बिक्री बितरण गरि रहेको उजुरी परेपछि  बिक्रि गरेको बिल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।तामाङगलाइ कालोबजार तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारवाहीका लागी जिल्ला प्रशासन कार्यालय रामेछाप बाट दिन ७ म्याद थप गरि कारवाहि बढाईएको प्रहरी निरिक्षक प्रेम जोशीले जानकारी दिनुभयो ।

यसैवीच  मझुवामा मादक पदार्थ रक्सी सेवन गरि जथाभावि सवारी चलाई हिडीरहेका २ जना टिपर चालकलाइ प्रहरीले बिहिबार पक्राउ गरेको छ । मन्थलिबाट गाल्पा तर्फ सडकको ग्राबेल माटो बोकी जादै गरेको बा. २ ख ८५७८ नम्बरको टिपर काभ्रे जिल्लाका कुबेर बोलखे र सिन्धुपाल्चोक जिल्लाका कुमार बि.क ले चलाएको बा. २ ख ६८७८ को टिपरका चालकलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय चोप्रङको चेकिङ टोलीले फेला पार्दा निज प्रहरीहरु माथि समेत अभद्र व्यवहार गरेकोले दुवै जना चालकहरुलाई सवारी सहित पक्राउ गरि केही सार्वजनिक अपराध तथा सजाय ऐन बमोजि जिल्ला प्रशासन कार्यालय रामेछाप बाट दिन १० म्याद थप गरि कार्वाहीको लागी हिरासतमा राखीएको प्रहरी निरिक्षक प्रेम जोशीले जानकारी दिनुभयो ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!