तराईबाट पाहड छुट्टाउन पाईदैन भन्दै गुल्मीमा आन्दोलन सुरु

Posted on: 22 Nov, 2016

प्रेम सुनार/मङ्सिर ७, गुल्मी ।  सरकारले संविधान संशोधन गरेर गुल्मी, अर्घाखाँची र पाल्पालाई  तराईका जिल्लाबाट छुटाएर    पाहडी जिल्लामै गाभ्ने लगायतका विषयहरु संसदमा प्रस्ताव लैजाने तयारी गरी रहेका बेला गुल्मी जिल्लामा  त्यसको विरोध गर्दै आज देखि आन्दोलन सुरु गरिएको छ । 

 यस अघि वाँडफाँड गरिएको प्रदेशको सिमाङ्गनमा गुल्मी, अर्घाखाँची र पाल्पा तराईका जिल्ला नवलपरासी, रुपन्देशी कपिलवस्तु लगायतका तराईका जिल्ला सहित ५ नम्वर प्रदेशमा परेका थिए । अहिले गुल्मी ,अर्घाखाँची र पाल्पालाई त्यसबाट झिकेर ४ नम्वर प्रदेश पोखरामा गाभ्ने सरकारले तयारी गरी रहेको बताईएको छ । 

  केन्द्रमा त्यसको विरोध नेकपा एमालले गरी रहेको छ । यहाँ पनि आज सुरु भएको आन्दोलनको अगुवाई नेकपा एमालेले गरी रहेको विरोध सभाको दृश्यले देखाएको छ । आन्दोलनमा कांग्रेस लगायत विभिन्न राजनैतिक दल निकट उद्योगी व्यवसाीहरु पनि देखिएका छन् ।

   तर नेकपा एमालेका नेता कार्यकर्ताको सहभागिता वाक्लो रहेको र  संमन्व्य प िउसैको देखिएको छ । तम्घासको लाँकुरी मञ्चबाट  हिमाल पहाड तराई कोहि छैन् पराई जस्ता नारा लगाउँदै निस्केको विरोध जुलुस पुन लाँकुरी मञ्चमा आई कोण सभामा परिणत भएको थियो ।

    कोणसभालाई विभिन्न नेताहरुले सम्वोधन गर्दै सरकारले ल्याउन लागिएको संविधान संशोधनको प्रस्तावको घोर विरोध गर्दै गुल्मी , अर्घाखाँची  र पाल्पालाई तराईका जिल्लाकाट छुट्टाई जस्तो सुकै मुल्य पनि चुकाउन तयार रहेको चेतावनी सरकारलाई दिएका थिए । संविधान संशोधन गरी तराईवासीको माग र आन्दोलनलाई सम्वोधन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहमत भए पनि नेकपा एमाले केन्द्रमा सहमत देखिएको छैन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!