डोटीमा सिकाई शिविर संचालन

Posted on: 22 Nov, 2016

मङ्सिर ७ डोटी । डोटीमा सिकाई शिबिर संचलान भईरहेको छ । 

युनिसेफ,रेष्टलेस डिभेलोप्मेन्ट नेपालसंगको साझेदारी र  सामुदायिक विकास केन्द्र डोटी द्धारा संचालित सम्भब परियोजनाको कार्यक्षेमात्र शिबिर संचालन भईरहेको हो । मंगलबार सरस्वति माध्यमिक बिद्यालय ,पचनालिमा सो कार्यक्रम गरीएको जनाएको छ । 

त्यस्तै आईतबार कुमालीकोट माध्यमिक बिद्यालय ,कुमालीकोटमा र सोमबार  दिल्पेश्वर माध्यमिक बिद्यालय, दिपायलमा  सिकाई शिबिर संचालन गरेको सामुदायिक बिकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशिले जानकारी दिनु भयो ।

शिविरले विद्यार्थीलाई अप्ठ्यारो लागेका विषय वस्तुहरु एक अर्का सँग आदान प्रदान गर्न सजिलो हुने दिल्पेश्वर माध्यमिक बिद्यालयका प्राधानाध्यापक दिर्घ बहादुर कठायतले बताए । साथै यस प्रकारको कृयाकलापले विद्यार्थीहरुलाई एक आपसमा सिकाउने बानिको विकास गर्न सहयोग पुग्ने कठायतले बताए । 

शिविरले विद्यार्थीलाई  विद्यालयमा भर्ना हुनुका साथै नियमित रुपमा स्कुल जानकालागि पुलको काम गर्ने सामुदायिक बिकास केन्द्रका अध्यक्ष जोशिले बताए । 

त्यस्तै सिकाई शिविरले विद्यालयमा विद्यार्थीहरुले गर्ने कृयाकलापमा ठुलो टेवा पुगाउने कुमालीकोट माध्यमिक बिद्यालयका प्राधानाध्यापक दिल बहादुर कठायतले बताए । सि.डि.सि. डोटी द्धारा संचालित सम्भब परियोजनाका पन्ध्र गाबिसका बिसवटा विद्यालयहरुमा यस्तै शिविरहरु संचान भईरहेको सम्भब कार्यक्रम अधिकृत सतिस गुरुङले साझा सवाल डोटीलाई जानकारी दिनु भयो ।

साथै यस्ता शिबिरले विद्यालय जाने ,नजाने वालवालिका विचको मनोबिज्ञान र शैक्षिक खाडललाई न्यूनिकरण गर्ने अधिकृत गुरुङले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!