रामेछापमा विव्यस अध्यक्षले आफ्नै सदस्य कुटे

Posted on: 27 Nov, 2016

मंसिर १२,रामेछाप । रामेछाप जिल्लाको गेलुस्थित एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कार्यसतिका सदस्यमाथि कुटपिट गरेका छन् ।

गेलुको मनकामना मावि नाटिलाका अध्यक्ष युवराज श्रेष्ठले सोही विद्यालयका व्यवस्थापन समिति सदस्य हेमबहादुर बूढाथोकीलाई शनिबार साँझ कुटपिट गरी घाइते बनाएका हुन । बूढाथोकीको बायाँ आँखामा गहिरो चोट लागेको स्थानीय अभिभावक वीरबहादुर बूढाथोकीले बताउनुभयो । 

केही दिन अघि अध्यक्ष श्रेष्ठले विद्यालयमा मनोमानी गरेको भन्दै पीडित बूढाथोकीसहित ५ जना सदस्यले जिल्ला शिक्षा कार्यालयमा सामूहिक राजीनामा गरेका थिए । सोही विषयलाई झिकेर श्रेष्ठले आफूमाथि साङ्घातिक आक्रमण गरेको पीडित बूढाथोकीले बताउनुभयो । अध्यक्ष श्रेष्ठले आफ्नो एकलौटी निर्णय नमानेका कारण कुटपिट गरेको स्थानीय दीपक कार्कीले बताउनुभयो । कुटपिट गर्ने श्रेष्ठ विरुद्ध आज जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएको पीडितले जानकारी दिनुभयाे । श्रेष्ठ काँग्रेस गेलुका सभापति समेत हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!