लिम्बुवान आइडल–२ कालागि १७ छानिए

Posted on: 29 Nov, 2016

प्रकाश धौलाकोटी/मंसिर १४, तेह्रथुम । लुकेर रहेको गायन प्रतिभालाई खोजी गर्नकालागि आयोजित लिम्बुवान आईडल सिजन २ को पहिलो अडिसनमा तेह्रथुमबाट १७ जना छनौट  भएका छन् ।  

बिशुद्ध संगितलाई पुर्नस्थापना गर्दै अवसर नपाएका कला र गलाको खोजी गर्ने अभिप्रायले बसन्तपुर बजारमा सोमबार भएको लिम्बुवान आईडलको पहिलो अडिसन बाट दोस्रो संस्करणका लागि १७ जना छनौट भएका हुन । 

पुर्वाञ्चलको ९ वटै जिल्लामा प्रथम अडिसन लिईने कार्यक्रम अनुसार बसन्तुरको लालीगुराँस डान्स सेण्टरको हलमा तेह्रथुम र धनकुटा जिल्लाकालागि अडिसन लिईएको आयोजक युमा आट्स सेण्टरका अध्यक्ष गायक खगेन्द्र यक्सोले जानकारी दिए । दोस्रो राउण्डकालागि छनौट हुने सहभागीहरुमा धनकुटाका १ र संखुवासभाका २ सहित जम्मा १७ जना रहेका छन् । 

जसमा कासाङ भोटे, अभिनेस श्रेष्ठ, आसुतोक श्रेष्ठ, हिमाल लिम्बु, अबि राई, सुगम राई , उमेश लिम्बु, सुवास मगर, रेणुका बराल, बादल गुरुङ, रमिला लिम्बु, बिकास गुरुङ, रेसम जिमी, सबिता तामाङ, सुस्मा गुुरुङ र पासाङ ल्हमु सेर्पा रहेको कार्यक्रम संयोजक रबिकिरण मादेनले जानकारी दिए । 

उनका अनुसार छनौट  भएका सहभागीहरुलाई दोस्रो राउण्डकालागि मंसिर १५ गते बसन्तपुरमै बोलाईएको छ । पुर्वेली गित संगित पारखी तथा सुभचिन्तकहरुको आर्थिक सहयोगमा आयोजना गरिएको यस आईडल सिजन २ को प्रथम हुनेले नगद पुरस्कारको साथमा म्युजिक एल्वम र म्युजिक भिडियोमा खेल्ने अबशर प्राप्त गर्नेछ । त्यस्तै दोस्रोले नगद पुरस्कारको साथमा ३ वटा गित र तेस्रोले १ वटा गित रेकर्ड गर्ने अवशर प्राप्त हुने आयोजकले जनाएको छ । 

साथै उत्कृष्ट १० मा पर्न सफल सबै प्रतियोगीले एक एक वटा गित रेकर्ड गर्न पाउने आयोजक युमा आट्स सेण्टरका अध्यक्ष गायक खगेन्द्र यक्सोले बताए  । यस अघि २०६८ सालमा आयोजित लिम्बुवान आईडल सिजन १ मा ताप्लेजुङका कन्चन थलङ बिजेता बनेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!