तमुधि जेध्याद्धारा क्यान्सर पिडित लाई सहयोग

Posted on: 03 Mar, 2016

कमल सुबेदी/ फागुन २०, पोखरा । तमुधि नेपाल प्रभास शाखा साउदी अरब क्षेत्रिय समिति जेध्या ले क्यान्सर पिडित लाई सहयोग गरेको छ । कास्की सैम¥याङ्ग गाविस वारचोक २ की सरिता गरुङ्गलाई उहाकै डेरामा पुगि समितिका पुर्व सचिव तथा पोखरा वडा न.१८ का नेकपा एमालेका सचिव ढोेल गरुङ्ग र प्रभास शाखा साउदी का सचिव नारायण प्रसाद गरुङ्ग की धर्मपत्नी प्रगती गरुङ्गले दुई लाख पैंतिस हजार छ सय रुपैंया नगद सहयोग गरेका हुन् । सहयोग गर्दै समितिका पुर्व सचिव गरुङ्गले विदेशमा रहेर पनि नेपालीलाई परेको दुखमा साथ दिन पाउँदा खुसी लागेको बताए ।

kaski 1 त्यस्तै तमुधि नेपाल प्रभास शाखा साउदी अरब क्षेत्रिय समिति जेध्याका सचिव नारायण प्रसाद गरुङ्गले साउदी बाट फोनमा भने ‘ विदेशमा रहेर पनि थोरै थोरै गर्दै बचाएको रकम ले नेपाली को दुखमा मलम पट्टी लगाउन पाउदा आफु ज्यादै खुसी भएको बताए ।’ आगामी दिनमा पनि यस्ता परोपकारी कामहरु समितिले गर्दै जाने गरुङ्गले जानाकारी दिए ।

kaski 2 २०७२ पौष मा बिरामी भएकी सरिता गरुङ्गलाई पोखरा को फिस्टेल हस्पिटल, काठमाण्डौको अल्का अस्पताल र भरतपुर लैजादा समेत रोग को पहिचान नभएपछि भारत मा लगेर उपचार गर्दा क्यान्सर भएको थाहा भएको सरिता गरुङ्ग का श्रीमान् टेक बहादुर गरुङ्गले बताए ।घरको आर्थिक अबस्था अत्यन्तै नाजुक रहेकोले उपचार गर्न समस्या भएको उनले दुखेसो पोखे ।

उपचार गर्नको लागि डाक्टर ले ३५ देखि ४० लाख लाग्ने जानाकारी दिएको बताउदै सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । क्यान्सर पिडित गरुङ्गका २ छोरी र १ छोरा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!