रेडक्रस उपशाखा पोखराले सुर्खेत जिल्ला शाखासग अन्तरक्रिया

Posted on: 11 Mar, 2016

फागुन २८, पोखरा । रेडक्रस उपशाखा पोखरा १०,११ले रेडक्रस अध्ययन अवलोकनको क्रममा सुर्खेत जिल्ला शाखासँग अन्तरक्रिया गरेको छ । २०५० सालमा रामबजार क्षेत्रलाई आफ्नो कर्म क्षेत्र बनाई मानवीय सेवामा जुट्ने उद्धेश्यले स्थापित भई नेपाल रेडक्रस सोसाईटी कास्कीका शाखामा आवद्ध उपशाखाले आफ्ना पदाधिकारी, कार्यसमिति, आजिवन सदस्य र सल्लाहकार समेतको २० जनाको टोलीले सुदुर र मध्यपश्चिमको भ्रमणको क्रममा सुर्खेल जिल्ला शाखासँग आन्तरक्रिया गरेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज लगायत विभिन्न जिल्ला रेडक्रससँग समन्वय गर्ने उद्धेश्यले गरिएको भ्रमणको क्रममा सुर्खेत जिल्ला शाखाको कार्यक्रमहरुको बारेमा जानकारी लिदै रेडक्रस सोसाइटी कास्की शाखा तथा उपशाखा १०,११ को गतिवीधिका बारेमा उपशाखा १०,११ का अध्यक्ष सम्मरबहादुर श्रेष्ठले जानकारी दिनुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!