शीतलहर पूर्वतयारी सम्बन्धी बैठक सम्पन्न

Posted on: 02 Dec, 2016

मंसिर १७, रौतहट । मैसमी पुर्व तयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । अक्सफाम र ग्रामिण विकास केन्द्र (RDC) नेपालको सहकार्य र जिल्ला प्रशासन कार्यालय, रौतहटको आयोजनामा शीत-लहर पूर्वतयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । बैठक प्रमुख जिल्ला अधिकारी नरहरि वरालको अध्यक्षा तथा स्थानीय विकास अधिकारी उमेश बस्नेतको आतिथ्यमा बैठक सम्पन्न भएको छ ।  

जाडो यामको समयमा खासगरी तराईका जिल्लाहरुमा चिसो तथा शीत लहरबाट मानिसहरुको असावधानीको कारणबाट हरेक वर्ष श्वास प्रश्वास, रुघाखोकी, निमोनिया जस्ता स्वास्थ्य सम्बन्धी समस्याबाट धेरै मानिसहरु विरामी पर्ने र केही ब्यक्तिको मृत्यु समेत हुने गरेको छ । पशु पञ्छी, अन्नबालीमा समेत प्रतिकुल प्रभाव परी धेरै मात्रामा नोक्सान हुने गरेको छ । यस वर्ष पनि जाडो यामको समय शुरु हुन लागेको छ । विगतका वर्षमा मौषमको प्रतिकुलता र वातावरणमा आउने परिवर्तनबाट शीतलहर -Cold Wave_ चल्न र यसबाट विशेष गरी तराईको जनजीवन तथा प्रभावित जिल्लाहरुमा अस्थायी अवास भएका परिवारहरु, अति गरीव, वृद्धवृद्धा तथा वालवालिकाहरुलाई प्रत्यक्ष प्रभाव पर्न सक्ने हुँदा उक्त जोखमलाई न्यूनीकरण गर्न आवश्यक स्रोत र साधनको पूर्व प्रवन्ध तयार गर्न, सचेतना अभिवृद्धि गर्न एवं शीतलहरबाट प्रभावित परिवारलाई पुरयाउने उद्दार तथा राहतको कार्यलाई ब्यवस्थित र प्रभावकारी बनाउनको लागि जिल्ला दैवी प्रकोप उद्दार समिति, जिल्ला प्रशासन कार्यालय, स्थानीय निकायहरु, विभिन्न राजनीतिक पार्टी प्रतिनिधिहरुको उपस्थितिमा उक्त बैठक सम्पन्न भएको छ ।

साथै शीतलहरबाट प्रभावित परिवारहरुको उद्दार तथा राहतको लागि RDC नेपालसँग रु. १,२००,००। आपत्कालीन कोष, ५० थान कम्बल तथा ५० थान त्रिपाल र नेपाल रेडक्रस सोसाईटीसँग ५० थान कम्बल र यूनिसेफसँग वालवालिका कीट्, किशोरी कीट रहेको जानकारी RDC नेपालको विपद् जोखिम ब्यवस्थापन मानवीय पूर्वतयारी परियोजनाका कार्यक्रम संयोजक विजय साह वनियाले जानकारी दिनु भएको छ । कार्यक्रममा पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष शैलेन्द्र गुप्ता तथा विभिन्न सरकार, गैर सरकारी संघ संस्थाको प्रतिनिधि तथा  सरोकारवालाहरुको उपस्थिति रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!