नवलपरासीका दशजना युवायुवतीलाई सघन यौनिकता शिक्षा प्रदान

Posted on: 03 Dec, 2016


मङ्सिर १८, नवलपरासी । नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाले १० जना साथी शिक्षकहरुलाई (पियर एजुकेटर) एक तालिममा मार्फत सघन यौनिकता शिक्षा प्रदान गरेको छ । किसोरकिसोरी तथा युवयुवतीहरुलाई वृहत यौनिकता शिक्षा अति आवश्यक रहेको हुनाले ति साथी शिक्षकहरु माफर्त छरिएर रहेका युवाहरुलाई यौनिकता शिक्षाको विषयमा परामर्श गर्ने उद्देश्यले सो सघन यौनिकता शिक्षा प्रदान गरिएको हो । 

 संघद्धारा आफनै भवनमा संचालित तिन दिने तालिममा शाखा अन्तर्गत नयाँ बेल्हानी, रमपुरवा र सुनवल स्थित सामुदायिक क्लिनीकबाट गरि १० जना पियर एजुकेटरहरुलाई यौनिकता शिक्षा प्रदान गरिएको थियो । 

तालिममा नेपाल परिवार नियोजन संघबाट प्रदान गरिदै आइएको नियमित महिला स्वास्थ्य परिक्षण, एचआईभी एडस् परिक्षण, गर्भवती तथा सुतकेरी चेकजाँज, परिवार नियोजन संघका अस्थायी साधन, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, सबै समुदायमा एफपान सेवाको पहुंच, किसोर किसोरी तथा युवायुवतीलाई प्रवद्र्धन गर्ने लगायतका सेवाहरुको बारेमा जानकारी दिइएको संघका सुपरभाईजर राजेश साक्यले बताउनु भयो । 

 लामो समयदेखि संघ तथा यसका सामुदायिक क्लिनीकहरुबाट महिला स्वास्थय परिक्षण सेवा  प्रदान तथा निशुल्क रुपमा परिवार नियोजनको साधन वितरण गरिदै आइएको छ । तालिममा अब शिक्षा प्राप्त पियरएजुकेटर (साथी शिक्षक)हरुले कसरी क्लिनीक क्षेत्र बाहेकका क्षेत्रहरुमा किसोरकिसोरी तथा युवायुवतीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य विषयमा परामर्श गर्ने, परिवार नियोजन संघको साधनहरु वितणर गर्ने र सुरक्षित एवं व्यस्थित परिवार विषय समेतमा युवायुवती तथा आम महिलाहरुमा जनचेतना जगाउने विषयमा वृहत छलफल गरिएको सघका प्रबन्धक नवराज अधिकारीले जानकारी दिनु भयो । 

त्यस्तै युवा सुचना केन्द्र, युवालाई प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण, शुक्रवारे विद्यार्थी शिक्षा कार्याक्रम, साथी शिक्षक पुर्नताजगी, सन्देश मुलक होर्डिगंबोर्ड स्थापना, नियमित अनुगमन मुल्यांक लगायतको काम समेत परिवार नियोजन संघले गर्दै आएको संघका सुपरभाईजर शाक्यले बताउनु भयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!