डडेल्धुरामा ३ हजार तिन सय भन्दा बढी अपाङ्गता भएका ब्यक्ती परिचय पत्रबाट बञ्चित

Posted on: 03 Dec, 2016

ललित बोहरा /डडेलधुरा मंसिर १८ । डडेल्धुराका पाँच हजार एक सय ५० अपाङ्गता भएका ब्यक्तीहरु मध्ये एक हजार आठ सय जनाले मात्र परिचय पत्र प्राप्त गरेका छन । भने तिन हजार तिन सय ५० जना परिचय पत्र पाउनबाट बञ्चित भएको जिल्ला अपाङ्ग कल्याण सेवा समितीले जनाएको छ । ‘हासिल गरौ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौ हामीले चाहेको भविश्य’ भन्ने नारासहित २५औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस अबसरमा आयोजना गरेको कार्यक्रममा उक्त जानकारी छ । शनीबार २५औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, डडेल्धुरामा सराकारवालाहरुसंग र अपाङ्गता भएका ब्यक्तीहरुसंग अन्र्तक्रीया कार्यक्रमको आयोजना गरी मनाईएको छ । सबै क्षमताका मानिसहरुको सशक्तिकरण र पहुँचले मात्र साँचो अर्थमा समावेशिकरणको उद्धेश्य पुरा गर्न सकिने भन्ने सन्देश र अभिप्रायका साथ दिवस मनाइएको जिल्ला अपाङ्ग कल्याण सेवा समितिले बताएको छ ।

     विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकद्वारा सन् २०११ मा प्रकाशित पछिल्लो अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदन अनुसार संसारमा कुल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले जनाए अनुसार अपाङ्गता भएका व्यक्ति ८० प्रतिशत विकासोन्मुख देशमा रहेका छन् । यस्तै अपाङ्गता दिवसको अवसरमा अपाङ्गता  भएका ब्यक्तीलाई बिशेष सहयोग गर्नु उपक्षेत्रीय अस्पतालका धिरज ससाक,अजैमरुका तेज ऐर,र समाज सेवी तिर्थ भण्डारीलाई दोसल्ला उडाई सम्मान गरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!