‘के गरूँ त ? श्रीमति नै नभए पछि...!? ’

Posted on: 08 Dec, 2016

प्रेम सुनार । मंसिर–२३, गुल्मी, । गुल्मीमा अर्को एउटा लाजमर्दो घटना बाहिर आएको छ  । दुध दिने भैसी माथी  केहिदिन अघि एक जना युवाले यौन दुव्र्यवाहर गरेको प्रहरीले जनाएको छ ।

आँपचौर गाविस वडा नम्वर २ वरारुखका २१ वर्षिय कृष्ण खरेलले स्थानिय एक जना महिलाको गोठमा बाँधिएको भैसीलाई अप्राकृतिक यौन दुव्र्यवहार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाईएको छ । 

प्रहरीले दिएको विवरण अनुसार मंसिर २१ गते साँझ करिव ८ वजेको समयमा खरेलले स्थानिय शोभा खरेलको व्याउँने भैसीको यौनाङ्गमा फलामको डण्डा घुर्सादै यौन आनन्द लिएको  बेला भैेसी मालिकले समातेर राखेको प्रहरीले जनाएको छ । 

उक्त अभियोगमा मजुवा प्रहरी चौकीद्धारा पक्राउ परेर जिल्ला प्रहरी कार्यालयमा ल्याईएका अभियुक्त खरेलसंग 'किन जानु भयो त भैसीसंग' भनेर सोध्धा उनको छोटो जवाफ थियो–‘ के गरुँ त मेरो श्रीमति नै नभए पछि । ’

मन थाम्न किन सक्नु भएन त ?  भन्ने प्रश्नमा उनको जवाफ थियो–‘ एक छिन टोलाएर भैसीलाई हेरिरहे खै मन के भयो– भयो.. । स्मरण रहोस उनि केहि महिना अघि यौन पिपासुका रुपमा परिचित युवा हुन ।

उनले २०७२ जेठ १४ गते स्थानिय एक महिलालाई जवरजस्ती करणीको उद्योग गरेको अभियोगमा पक्राउ परेको प्रहरीले जानकारी दियो । 

जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवका अनुसार असार १५ गते त्यस विरुद्ध मुद्धा परेको थियो भने साउन २ गतृृे २० हजार धरौटीमा उनि छाडिएका थिए ।  त्यहाँबाट छुटेको एक वर्ष नपुग्दै भैसी माथीको अप्राकृतिक यौन दुव्र्यवहारको काण्डमा उनि फस्न पुगेका छन् । उनी आफ्नै शव्दमा त्यस्ता कुरामा उनको दिमागी समस्या रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!