रामेछापमा टाटासुमो दुर्घटना, ११ जना घाइते

Posted on: 09 Dec, 2016

प्रज्वल पौडेल | मंसिर २४, रामेछाप | रामेछापमा टाटासुमो दुर्घटना हुदाँ ११ जना घाइते भएका छन् । 

रामेछापडाँडाबाट काठमाण्डौ जादै गरेको ना. १ ज ५७५० नम्बरको टाटा सुमो जिप शुक्रबार ९:४५ बजे तिर मन्थलि नगरपालिका वाड नं.११ सेलेघाट तल्लो माझि टोलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

सवारी दुर्घटनामा घाइते भएका यात्रुहरुमध्ये  रामेछाप डाडाका ४९ बर्षिय शर्मीला श्रेष्ठ र ५५ बर्षिय ऐति तामाङलाई थप उपचारका लागि काठमाडौँ लगिएको र बाँकी घाईतेहरुको खुर्कोट अस्पतालमा उपचार भईरहेको प्रहरी प्रवक्ता प्रेम जोशीले जानकारी दिनुभयो ।

अन्य घाइतेहरूको नामावली:

३. फुलमाया शाही, बर्ष ४२ हुलाक डाडा ११

४. सुस्मिता शाहि, बर्ष ७ हुलाक डाडा ११ 

५. अर्चना नेपाल,  बर्ष २१ काभ्रे ४ चन्डेश्वरी

६. अनिता हायु, बर्ष २२ रामेछाप डाडा ५

७. मामव तामाङ, बर्ष ५१ रामेछाप डाडा ५

८. सुमित्रा शाही, बर्ष २४ मन्थलि नगरलपालिका ११

९. सन्देस शाही, बर्ष  १ मन्थलि नगरलपालिका ११

१०. अस्मिता श्रेष्ठ , बर्ष २० रामेछाप ७

११. उमेश बुडाथोकी बर्ष २३ रामेछाप देउरालि ६ (चालक तामाकोशि अस्पताल मन्थलिमा उपचार भई रहेको सामान्य) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!