जन्ती बोकेको बससँग कार ठोक्किदा ४ जनाको मृत्य, ३ जना घाइते

Posted on: 10 Dec, 2016

मंसिर २५, काठमाडौं । बारामा  जन्ती बोकेकाे बससँग कार ठोक्किँदा चार जनाको मृत्यु गएको छ ।

वीरगञ्जबाट जन्ती लिएर नारायणघाट आउंदै गरेको ना ६ ख ६७५४ नम्बरको बस र बा १२ च ८२९० नम्बरको कार बाराको आधाभार जंगलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका कारण कारमा सवार चार जनाको ज्यान गएको छ । दुर्घटनामा कार चालक खोटाङ मंगलटारका २३ वर्षीय दीपक थापा मगर, २८ वर्षीय महेन्द्र आले, सुनसरीकी २५ वर्षीय कुमारी थापा र उनका ११ महिनाका छोरा जेनिसको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा  तीन जना घाइते छन् ।  घाइतेको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बस चालकलाई नियन्त्रणमा लिएको स्थानीय प्रहरीले जानकारी दिएको छ । 

फाइल तश्विर

यस बिषयमा तपाइको प्रतिक्रिया...!