कुमारी आमाले वित्थैमा विकाईन रेसुङ्गा क्याम्पसको नाम

Posted on: 12 Dec, 2016

प्रेम सुनार, मंसिर–२७, गुल्मी । हिजो तम्घास अस्पतालमा कुमारी आमा बनेकी युवतीले वित्थैमा गुल्मीको रेसुङ्गा वहुमुखी क्याम्पसको नाम विकाएको सो क्याम्पसले जनाएको छ । 

क्याम्पस प्रमुख हरिवहादुर थापाले भने–‘ उनि हाम्रो क्याम्पसमा भर्ना भएको दुई हप्ता पनि भएको छैन, त्यसमा रेसुङ्गा क्याम्पसको नाम जोडिनु गलत हो ।’ दुई दिन मात्रै त्यस क्याम्पसमा हाँजिर भएको र त्यहाँ धेरै जनाले नचिनेको क्याम्पस प्रमुख केसीले बताए ।

   उनि नयाँगाउँ तिरै पढेर सन्तान जन्म दिनको लागि तम्घासमा हालै डेरा लिएर बसेको र रेसुङ्गा क्यापसमा पनि भर्खर मात्र भर्ना भएकोले त्यस क्याम्पस परिवारसंग उक्त विकृतिवारे कुनै सम्वन्ध नरहने स्पष्ट भएको छ । 

आज दोश्रो दिन सम्म पनि उनले आरोप लगाएको युवा सम्पर्कमा नआएको महिला अधिकारकर्मी विष्णुकुमारी सापकोटाले बताईन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!