कुमारी आमाले पाईन कुमार

Posted on: 12 Dec, 2016

प्रेम सुनार, मंसिर–२७, गुल्मी । अँस्ती जिल्ला अस्पतालमा कुमारी आमा बनेकी युवतीले आज वल्ल आफ्नो उनै सपनाका राजकुमारलाई पाएकी छिन् । नयाँगाउँकी १९ वर्षिया रमिता मल्ल  ( नाम परिर्वन )  हिजो पुर्कोटदहका रमेश कार्की भनेर परिचित भएका उनि आखिर  सिर्सेनी–९ वडचौर निवासी  २२ वर्षिय रमेश सुनार उनका सपनाका राजकुमार भएको खुलेको छ । 

  सुनार आजै  घरवाट जिल्ला अस्पताल तम्घासमा आई उक्त शिशु आफ्नो भएको सहर्ष स्वीकार गर्दै रमितालाई श्रीमति बनाएर काँखमा नवजात शिशु छोरी च्याँप्दै घर भित्राउन हिडेको महिला अधिकारकर्मी विष्णुकुमारी सापकोटाले जानकारी दिईन् ।

    ’एकदमै खुशी हुँदै घर भित्राउन लगेर गएकोमा उनलाई धन्यबाद दिनै पर्छ’– सापकोटाले भनिन्–‘ गत तिन दिन देखि हामी सवैले उनलाई स्यहार सुसार गरेर राख्यौ, अव त्यो परिवारले नै गर्ने भएकोमा खुशी लागेको छ । ’ उनि नयाँगाउँबाट दुई हप्ता अघि मात्र तम्घास आई रेसुङ्गा क्याम्पसमा स्नातक प्रथम वर्षमा भर्ना भएकी थिईन् ।

  दुई दिन जति क्याम्पसमा हाँजिर भएकी उनि २६ दिन देखि डेरामै रहेकी थिईन् । महिला अधिकारकर्मीहरुले उनिहरुको अन्तरजातिय  प्रेम विवाहलाई स्वागत गरेका छन् ।   सुनारले नयाँगाउँमा डोजर चलाउँदै र रमिता संग मायाँ बसाल्दै गर्दा पुर्कोटदहको रमेश कार्की भएको भनेर परिचय दिएको उनै रमिताले बताएकी छिन् । 

  हिजो   समाचार वाहिर आए लगत्तै   उनका प्रेमीलाई व्यापक खोजतलास सुरु भएको थियो । अन्ततः चैत्रमा गर्भधारण गराई भदौं देखि मोवाईल स्वीचअफ गरेका उनि सम्पर्कमा आउनै प¥यो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!