पाेखरामा अन्तर्राष्ट्रिय बिमानस्थलकाे शिलान्यास

Posted on: 13 Apr, 2016

शिव न्याैपाने बैशाख १, पाेखरा पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे बुधबार शिलान्यास भएको छ । पाेखरामा भएको एक भब्य कार्यक्रमका बिच प्रधानमन्त्री  केपि शर्मा अाेलिले शिलान्यास गरेका छन् । चिनियाँ सहयोग निमार्ण हुन लागेकाे पाेखरा अन्तर्राष्ट्रिय  विमानस्थलमा  चार बर्षमा पूरा गर्ने लक्ष्य रहेकाे छ ।

शिलान्यास कार्यक्रममा एमाअाेबादि अध्यक्ष प्रचण्ड  , उपप्रधानमन्त्री  परराष्ट्रमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा , उपप्रधानमन्त्री तथा भैतिक पुर्वाधार मन्त्री बिजय कुमार गच्छदार  , अर्थमन्त्री बिष्णु पैाडेल , पर्यटन मन्त्री र काग्रेशका महामन्त्री डा  शशांक काेईरालाले शिलान्यास क्रममा ईटा थपे । कार्यक्रममा सम्बाेधन गर्दै प्रधानमन्त्री केपि शर्मा अाेलिले चिनकाे केरूङाबाट काठमाडौ , काठमाडौ बाट पाेखरा , पाेखराबाट लुम्बिनी रेल मार्ग बन्ने काम छिटै थाल्ने  बताए । उनले यहि  बर्ष भित्र यसकाे सर्भे गर्ने बताए । उनले पाेखराकाे मुहार परिवर्तन गर्ने पनि साे शिलान्यास कार्यक्रममा जनाए । उनले कालाे टालाे बाेकेर सडक अान्दोलनमा उत्रनु भन्दा बिकास अभियानमा राष्ट्रिय झन्डा बाेकेर सहभागी हुन  अाग्रह गरे ।

पाेखरामा विमानस्थल निमार्णका लागि ४० बर्ष अघि ३ हजार १ सय राेपनि जग्गा अधिग्रहण गरिएको थियाे । बिमानस्थलमा ४५ मिटर चैडाई र २ हजार ५ सय मिटर लम्बाइ काे धावानमार्ग हुनेछ ।विमानस्थल ४ बर्ष भित्र सक्ने लक्ष्य रहेकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!