जनसरोकार मञ्चद्वारा अर्थमन्त्रीलाई ज्ञापन पत्र

Posted on: 15 Apr, 2016
बैशाख ३, पोखरा । जनसरोकार मञ्च कास्कीले अर्थमन्त्री विष्णु पौडेललाई विभिन्न २२ बुँदे सुझाव सहितको ज्ञापन पत्र बुझाएको छ । पोखरा आएका अर्थमन्त्रीलाई भेटेर जनसरोकार मञ्च कास्कीका संयोजक नवीन सिग्देलले ज्ञापन पत्र बुझाएका हुन । यसअघि चैत ३ गते प्रधानमन्त्री के.पी शर्मा ओलीलाई पनि सो ज्ञापन पत्र बुझाईएको थियो । pokhara ४ नम्बर प्रदेशको आवश्यकता र अपेक्षा सम्वन्धी सुझावहरु ज्ञापन पत्रमा समावेश गरिएको छ। सुझावहरुले यस क्षेत्रकोे आवश्यकता र अपेक्षा पुरा गर्न सहयोगीको भुमिका खेल्ने विश्वास लिइएको छ । मञ्चले फागुन ३० गते पोखरामा प्राध्यापक, अर्थविद्, स्थानीय नेता, व्यवसायी र पत्रकारहरुवीच ४ नम्बर प्रदेशको आवश्यकता र अपेक्षाका विषयमा छलफल गरी सुझाव संकलन गरेको थियो । ज्ञापन पत्रमा पोखरालाई ४ नं. प्रदेशको राजधानी बनाउनका लागि आवश्यक पूर्वाधार तयार गर्न आवश्यक बजेट विनियोजन गर्न, नागरिकको क्षमता अबिबृद्धि गर्दै यस प्रदेशको आयस्रोत बढाउन, आर्थिक क्रियाकलाप बृद्धि गर्नका लागि पर्यटन, उद्योग, वाणिज्य र निर्माणका क्षेत्रलाई विस्तृतिकरण, व्यवसायीकरणगर्दै सवैको पहुँच पु¥याउन सुझाव दिइएको छ । त्यसैगरी, ४ नं. प्रदेशमा जलविद्युुतको ठूलो सम्भाव्यता रहेकाले बुढीगण्डकी, आँधीखोला, कालिगण्डकी र तनहुँ सेती हाइड्रोलाई प्राथमिकता दिएर कार्य थालनी गर्न, यस प्रदेशको आर्थिक सवलताका पक्षलाई पहिचान गर्न अनुसन्धान केन्द्र स्थापना गरी गुुरु योजना तयार गर्न र लगानी मैत्री वातावरण सिर्जना गरी वैदेशिक लगानीकर्तालाई भित्र्याउनका लागि आवश्यक समन्वय र दिगो विकासको अवधारणा आगाडि बढाउन सुझाव दिइएको छ । फोटो क्याप्सनः पोखरामा अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाउँदै जनसरोकार मञ्च कास्कीका संयोजक नवीन सिग्देल ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!