आठ वर्षको बच्चा मृत अवस्थामा फेला

Posted on: 19 Apr, 2016
सुवास वि.सी । बैशाख ६,पाल्पा । तानसेन ११ प्रभास पाल्पा नजिकै आठ वर्षको बच्चाको सव फेला परेको छ । तानसेन नगर पालिका ११ महादेव मन्दिर पछाडीको खोलमा करिव साझ ६ः३० बजे तिर वर्षा दर्लामीको सव मृत अवस्थामा फेला परेको थियो । तानसेन १४ मा घर भएकी दर्लामी विद्यालयको पोषाकमा मृत अवस्थामा फेला परेपछि स्थानिय वासिले प्रहरीलाई जानकारी गराई प्रहरी घटना स्थालमा पुगेको थियो । उक्त बालकको सवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल पाल्पामा ल्याईएको छ । थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी पाल्पाले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!