पोखरामा आठौ राष्ट्रपति रनिङ्ग शिल्डको तयारी तीव्र

Posted on: 25 Apr, 2016

शिव न्यौपाने बैशाख १३, पोखरा । कास्की जिल्लास्तरीय आठौ राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता २०७२ को तयारी तीव्र पारिएको छ । कास्की जिल्ला खेलकुद विकास समितिको आयोेजनामा बैशाख १५ देखि १७ गतेसम्म पोखरा रगंशालामा संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनालले गर्ने कार्यक्रम रहेको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कवडडी, एथ्लेटिक्स तर्फ एक सय, दुई सय, चार सय, १५ सय, ५ हजार मिटर दौडल, चार गुणा चार सय र ४ गुणा एक सय मिटर रिले दौड संचालन हुने छन ।

त्यस्तै हाइजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग थ्रो ८ सय ग्राम(छात्र), ६ सय ग्राम९छात्रा० र सटपुट १२ पाउण्ड छात्रा र ८ पाउण्ड छात्रामा प्रतिस्पर्धा हुने प्रमुख बरालले जानकारी दिए । भलिबल र कबड्डी तर्फ प्रथम, द्धितिय हुनेले पदक सहित प्रमाणपत्र र ४२ र २८ अंक प्रदान गरिने तथा सेमी फाइनलमा सहभागी भएका बाँकी दुई टिमलाई १४÷१४ अंक प्रमाणपत्र दिइने छ । एथलेटिक्सका प्रत्येक इभेन्टमा प्रमथ, द्धितिय र तृतिय हुनेलाई प्रमाणपत्र सहित ७,५, ४ र चौथो, पाँचौ र छैठौ हुनेलाई ३ र २ अंक दिइने छ ।

भलिबल र एथेलेटिक्समा छात्र छात्राको अंकका आधारमा विद्यालयको स्थान छुटटाई विजयी घोषणा गरिने प्रमुख बरालले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट हुन सफल छात्र एक जना र छात्रा एक खेलाडीलाई एक वषेका लागी छात्रबृत्ति प्रदान गरिने छ । प्रथम द्धितिय र तृतिय हुने विद्यालयलाई १५ हजार, १२ हजा, ९ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बरालले बताए ।

प्रतियोगितामा उत्कृष्ट हुन सफल एक छात्र र छात्रालाई जनही दश दश हजार रुपैयाँका दरले छात्रबृत्ति प्रदान गरिने कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा सामुदायिक विद्यालयलाई सवै इभेन्टमा सहभागी भए प्रोत्साहन रकम दश हजार उपलब्ध गराइने छ ।

प्रतियोगितामा सहभागी हुन कास्कीमा संचालित विद्यालयलाई परिपत्र समेत गरेको छ । प्रतियोगितामा सहभागी हुने विद्यालयले बैशाख १४ गतेसम्म टिम दर्ता गराउन सकिने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!