पोखरा रगंशालामा शौचालय र फुटट्रयाक बन्ने

Posted on: 25 Apr, 2016

शिव न्यौपाने/ बैशाख १३, पोखरा । पोखरा रगंशालाको एथलेटिक्स ट्रयाक मर्मत हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले ट्रयाक मर्मत गरिदिने भएको हो । करिव २६ लाख रुपैयाँको लागतमा मर्मत गर्ने भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । समितिको आइतबार बसेको बैठकले ट्रयाकमा सुर्की (इटटाको धुलो) हाल्ने भएको हो । पोखरा रगंशालाको फुटबल मैदान वरिपरी रहेको ट्रयाक ५ सय मिटर रहेको छ ।

त्यस्तै समितिले पोखरा रगंशालाभित्र शौचालय निर्माण समेत गरिदिने भएको छ । पोखरा रगंशालाभित्रै कार्यालय रहेकाले समितिले आफनै बजेटमा शौचालय निर्माण गर्न लागेको अध्यक्ष पौडेलले बताए । शौचालय नहुदाँ खेलाडीले दिशा र पिसाव फेर्न झाडीमा जानुपर्ने अवस्था रहेको थियो ।

समितिले करिव ६ लाखको लागतमा महिला पुरुष गरि चार ओटा सौचालय निर्माण सुरु गर्ने निर्णय गरेको छ । रगंशालाभित्र रहेको क्याटिन नजिकै शौचालय निर्माण गर्ने भएको हो । समितिले पोखरा रगंशालाको पश्चिम पटटी९सेती नदी किनार०मा फुटट्रयाक निर्माण गर्ने भएको छ ।

रगंशालाको अन्य क्षेत्रमा भूपू खेलाडी मञ्चले यसअघि फुटट्रयाक निर्माण गरेको भएपनि सेती नदी किनार तर्फ खाली रहेकाले खेलाडीलाई हिडन सहजहोस भन्ने हेतुले ट्रयाक निर्माण गर्ने निर्णय भएको अध्यक्ष पौढडेलले बताउनुभयो ।

एथलेटिक्स ट्रयाक, शौचालय निर्माण र ट्रयाक निर्माणका लागी राष्ट्रिय खेलकुद परिषद् मार्फत क्षेत्रिय खेलकुद परिषद्बाट बजेट आइसकेको छ । फुटट्राक पश्चिम साइडको करिव ३ सय मिटरमा निर्माण गर्ने तयारी सुरु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!