हुर्जा कास्की अध्यक्ष पराजुलीमाथि हातपात (ध्यानाकर्षण)

Posted on: 28 Apr, 2016
शिव न्यौपाने । बैशाख १६, पोखरा । मानवअधिकार पत्रकार संघ (हुर्जा) कास्कीका अध्यक्ष राजेश पराजुलीमाथि पोखरा ४, सिद्धार्थचोकस्थित सिद्धार्थ मिनि मार्केटभित्र मंगलबार बिहान ९.४५ बजे हातपात भएकोमा हुर्जा कास्कीको ध्यानाकर्षण भएको छ ।
सिद्धार्थ मिनि मार्केटस्थित बुलेट मोटरसाइकल नं. ५३९८ मा आएका पोखरा ८ सुन्दरमार्ग बस्ने रोशन अघिकारी र पोखरा ९ निभागल्लि बस्ने सक्षम श्रेष्ठ (सम्भत) ले हुर्जा कास्कीका अध्यक्ष राजेश पराजुलीमाथि हातपात गरेकोमा संस्थाको गम्भिर ध्यानाकर्षण भएको हो । हुर्जा कास्कीका महासचिव विरेन्द्र सापकोटाद्धारा जारि वक्तव्यमा उक्त मिनि मार्केटभित्र मोटरसाइकल नलैजान आग्रह गर्दा एक्कासि हेलमेट लगायतका सामाग्रीले कुटपित गर्दा पराजुलीको टाउको, आँखा तथा शरिरका विभिन्न अंगमा गम्भिर चोट लागेको पारिवारिक श्रोतले जानकारि दिएको छ । घटनाको बारेमा कास्की प्रहरीलाई जानकारि गराउँदा पनि प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न ढिलाई गर्दा यस्ता घटनाहरु अझ मौलाउने भएकाले अविलम्ब अभियुक्तलाई पक्राउ गर्न हुर्जा कास्कीले जोडदार माग गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!