फेब्रिक द्धारा हस्तकलाका सामाग्री बनाउने १५ दिने तालिम सम्पन्न

Posted on: 02 May, 2016

वैशाख १९, पोखरा । रेडियो जननी ९०.६ को समन्वय तथा कास्की पोखरा हस्तकला संघ राष्ट्रबैंक चोक पोखरा १७, पोखरा उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग प्रर्वद्धन उपसमितिको आयोजनामा पोखराको नँयाबजारमा सञ्चालित फेब्रिक द्धारा हस्तकलाका सामाग्री बनाउने तालिम आइतबार सम्पन्न भएको छ । पोखरा उप—महानगरपालिका, नेपाल हस्तकला महासंघ थापाथली काठमाडौ र पद्मावती हस्तकला उद्योग पोखराको सहयोगमा १५ दिने तालिम सञ्चालन भएको थियो ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले सीप सिकेर फुर्सदको समयलाई सदुपयोग गर्दै उद्यमशीलतामा लाग्न महिला दिदीबहिनीलाई आग्रह गर्नुभयो । उहाँले तालिमलाई तालिममा मात्र सिमित नराखी व्यवहारमा उर्तानु पर्ने बताउदै फेब्रिकका टुक्राहरुबाट निर्मित माला, फुलले विदेशी पाउनाहरुलाई स्वागत गर्न उपयोगी हुने बताउनु भयो ।

पोखरा उप—महानगरपालिकाका सामाजिक विभागका बरिष्ठ अधिकृत ओमराज पौड्यालले फ्रेब्रिकका हस्तकलाका सामाग्री देख्दा पनि राम्रो र उपयोगी रहेको बताउनुभयो । पौड्यालले तालिममा सहभागीलाई व्यवसायिक रुपमा लाग्न आग्रह पनि गर्नुभयो ।

तालिममा कास्की पोखरा हस्तकला संघका अध्यक्ष, पदमावती हस्तकला उद्योगका संचालक एवम् रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले समयको सदुपयोग गदैै काम गर्न सकेमा सफलता मिल्ने बताउनु भयो । उहाँले आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास आवश्यक रहेकाले सबै महिला दिदीबहिनीहरुलाई उद्यमशीलतामा लाग्न आग्रह गर्नु भयो ।

रेडियो जननीका निर्देशक हर्सिना बस्नेतले रेडियो जननीले उद्यमशीलतालाई जोड दिदै विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गर्दै यस्ता तालिम र कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो । तालिममा सहभागी विमला रानाभाट र सरस्वती श्रेष्ठले गृहणीहरुका लागि तालिम निकैै प्रभावकारी रहेको बताए ।

महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले संचालन गरिएको तालिममा वडा नं ९ का टोल विकास संस्था र आमा समुहका ३५ जनाको सहभागीता रहेको थियो । तालिममा उत्कृष्ट हुने सरस्वती श्रेष्ठ, मनिसा श्रेष्ठ, वविता खति र सरोजलिन कायस्थलाई पुरस्कृत पनि गरिएको थियो ।

तालिममा पदमावती हस्तकला उद्योगका संचालक एवम् रेडीयो जननीका अध्यक्ष हिरा भट्टराई, साधना तिवारी, शुशिला लम्सालले फेब्रिकको माला, व्याच, बुके, फुलको थुगां बनाउन सिकाउनु भएको थियो ।

पद्मावती हस्तकला उद्योगका संचालक एवम् रेडीयो जननीका अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुरेसराज भण्डारी , नगर टोल विकास समन्वय समितिका अध्यक्ष एवम् वडा नं ९ का टोल विकासका अध्यक्ष उत्तम जोशी, तमुधी नेपाल केन्द«ीय आमा समुहका अध्यक्ष हरि माया गरुङ्ग , प्रशिक्षक साधना तिवारीले बोलेका थिए । कास्की पोखरा हस्तकला संघका उपाध्यक्ष रामकली खड्काले स्वागत मन्तव्य राख्नु भएको थियो भने संघका सचिव सीता गरुङ्गले गर्नु कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!