डडेल्धुरामा जन्मेकि सरस्वती सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो महिला

Posted on: 24 Dec, 2016

धु्रब बिष्ट। पुष ९ डडेल्धुरा ।  डडेल्धुराकी २३ बर्षीया सरस्वती भट्टराई सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो महिला भएकि छन । नेपाल आर्मीबाट प्रतिनिधित्व गरेकि भट्टराईले महिलातर्फ १५ सय मिटर दौडमा बाजी मारेकि हुन । उनले शनिबार महिलातर्फको एथ्लेटिक्स दौडमा निर्धारित १५ सय मिटर ४ मिनेट ४३ सेकेण्डमा पार गरेकि हुन । दौडमा अन्य १२ प्रतिस्पर्धीलाई निक्कै पछि पार्दै स्वर्ण जित्न सफल भएकि हुन । गत वर्षको ४०औं एथ्लेटिक्स प्रतियोगितामा उनले यही स्पर्धामा स्वर्ण जितेकी थिइन । १५ सय दौडमा उनको करिअरको दोस्रो स्वर्ण हो । विभागीय टोलीमा प्रवेश पाएपछि आफ्नो खेलस्तरमा निक्कै सुधार भएको बताउने सरस्वतीले सुदूपश्चिमका खेलाडीहरुलाई विभागीय टिममा आउन अपील समेत गरेकी छिन । सरस्वति ५ वर्षअघि सुदूरपश्चिमाञ्चलमा भएको प्रतियोगितामा घरेलु टोलीका तर्फबाट सहभागी भएकी थिइन । वि.सं. २०६८ सालको फागुनमा भएको छैटौं राष्ट्रिय खेलकुदमा सहभागी भएको १५ सय मिटर र ५ हजार मिटर दौडमध्ये १५ सयमा चौथो स्थान हासिल गरेकी उनले ५ हजार मिटरमा भने बीचैमा दौड छाडेकी थिइन । उनी तीन वर्षअघि नेपाली सेनामा भर्ना भएकी हुन । उनी ब्राजिलको रियो द जेनेरियोमा भएको ओलम्पिकमा समेत सहभागी भइसकेकी छिन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!