शिवशक्ति युवा क्लवद्धारा सहयोगदाता सम्मानित

Posted on: 25 Dec, 2016

प्रेम सुनार । पुस १०, गुल्मी । 

श्री न्यु शिवशक्ति युवा क्लव बडागाउँ ५ पेंगा गुल्मीले वार्षिकोत्सवको अवसरमा सहयोग गर्ने सम्पुर्ण सहयोगदातालाई सम्मान गरेको छ । क्लवको दोश्रो वार्षिकोत्सवको अवसरमा आर्थिक , भौतिक र सञ्चार माध्यमबाट सहयोग गर्ने  तिन दर्जन भन्दा बढि सहयोगदातालाई एक समारोहका विच सम्मान गरिएको हो ।

सवै भन्दा  बढि २७ हजार नगद सहयोग गर्ने बडागाउँ ६ जलुकेका बसन्त खड्का पिता वलबहादुर खड्कालाई  कार्यक्रमको प्रमुख अतिथीका रुपमा सत्कार गर्दै उनलाई दोसाल्ला ओढाएर कदर पत्र सहित सम्मान गरिएको थियो ।

त्यस्तै बडागाउँ ५ पेगाका लालबहादुर पाण्डेले १५ हजार, सोही स्थानका कुमार पाण्डे १० हजार ५ सय , सोही स्थानकै महेश रायमाझीले १० हजार , बडागाउँ ५ पेगाका यमबहादुर बरमले मगर ८ हजार,  हस्तीचौर मल्दीका नारायण खत्री, बडागाउँ जलुकेका  मित्रबहादुर रायमाझी, हस्तीचौर ७ समाचौरकाख लोकेन्द्र खत्रीले ७/७ हजारका दरले सहयोग गरेका थिए ।

पेगाका भरत अधिकारी र कुमारबाबु गन्धर्भले ६/६ हजारका दरले सहयोग गरेका थिए ।   पेगाकै किसान जिसीले  मुस्कानले   ५ हजार ५ सय ५५ सहयोग गरेका थिए ।

त्यस्तै पेगाका   यमबहादुर  सुनार , अर्जुन रायमाझी,  रातडाँडाका प्रकाश जिसी , तम्घास फेमस टे«लर्शका सञ्चालक प्रताप परियार तम्घासमै डेण्टल क्लिनिकका सञ्चालक कमल रिजाल पेगाका शंकरबहादुर रायमाझी , तम्घासका रामचन्द्र सुनार र  पेंगाका विक्रम शाहीले ५÷५ हजारका दरले सहयोग गरेका थिए ।

ति सहित रु ५० देखि ५५ हजार तल सम्म सहयोग गर्नेहरुलाई समेत क्लवले सम्मान गरेको थियो ।  कार्यक्रममा अध्यक्ष भुवन जिसी उपाध्यक्ष विष्णुबहादुर खड्का, सचिव यम सुनार , सहसचिव अर्जून वि.क.कोषाध्यक्ष माया घर्ती लगायत र सदस्यहरुले सम्मान गरेका थिए । कार्यक्रमा रेसुङ्गा टेलिभिजनका प्रवन्ध निर्देशक सुमन पाण्डे लगायतलाई पनि सम्मान गरिएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!