रौतहटको १९ औँ गाविस बंजरहा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा

Posted on: 25 Dec, 2016

पुस १०, रौतहट । नेपाललाई २०७५ साल सम्म खुल्ला दिशा मुक्त क्षत्रे घोषणा गर्ने राष्ट्रपति सरसफाई गुरु योजना लाई सफल पार्ने  उदेश्यका साथ आज  रौतहट जिल्लाको गाविस बन्जरहालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषण गरिएको छ । 

विगतको कठिन परिश्रमबाट आज आईतवार गाविस बन्जरहालाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने सकिएको आयोजक संस्थाले जनाएको छ । गाविसमा सवै घर परिवारमा अक्सफामको सहयोग, ग्रामिण विकास केन्द्र नेपालको सहकार्य तथा गाविस स्तरीय स्वक्षता समन्वय समिति बन्जरहाको आयोजानमा शौचालनको निमार्ण भई प्रयोगमा आएकोले एक कार्यक्रम गरि गाविस बन्जरहालाई खुल्ला दिशा मुक्त गाविस भएको घोषणा गरिएको हो । 


रौतहट जिल्लालाई वि.सं. २०७३ चैत्र मसन्त भित्र नै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्नु पर्ने, दोश्रो जिल्ला सरसफाई सम्मेलन गौरले प्रतिवद्धता गरे अनुसार अहिले धामधम गाविसहरु खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भईरहेको छ । जिल्लालाई समय सिमा भित्र पुर्ण खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न हाल ६५ गाविस र ३ नगरपालीकालाई घोषणा गर्नु पर्ने बाध्यतालाई सकार पार्न संस्थाहरु सक्रिय भएको देखिन्छ ।

आज बन्जरहामा आयोजित गाविस खुल्ला दिसा मुक्त क्षेत्र घोषणा कार्यक्रम गाविस स्तरीय स्वक्षता समन्वय समिति बन्जरहा र गाविस बन्जरहा सचिव जगत प्रसाद साहको अध्यक्षता, रौतहट निमित स्थानिय विकास अधिकारी संजय प्रसाद साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथी नेपाल प्रहरी रौतहट एसपी यज्ञ विनोद पोखरेल, शसस्त्र प्रहरी एसपी भगवान मल्ल, रौतहट जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख अनिल केशरी, यूएनहेविटेट रौतहट संयोजक दिपेन्द्र ठाकुर, आरडिसी नेपालका अध्यक्ष पारस हुसैन, शसस्त्र प्रहरी गौर ईन्सपेक्टर अमर लामा  र गरिवी निवारण कोष सिरहाको कार्यक्रम प्रमुख रामअधार प्रसाद यादव रहनु भएको थियो ।

घोषणा कार्यक्रममा विभिन्न क्षेत्रबाट गाविसलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गराउन सहयोग गरेको भन्दै गरिवी निवारण कोष सिरहाको कार्यक्रम प्रमुख रामअधार प्रसाद यादव, रौतहटका ७ जना पत्रकार, आरडिसी नेपालका सदस्यहरु, आरडिसी नेपालका कार्यक्रम समयोजक विजय साह बनिया, समाजिक परिचालक उमेश चंन्द्रबंसि, गाविस स्तरीय स्वक्षता समन्वय समिति बन्जरहा सदस्यहरुलाई विशिष्ट अतिथि संग दोसला ओठढाई र प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथिहरुलाई आयोजकले मायाको चिन्हो प्रदान गरिएको थियो भन्ने कार्यक्रमको संचालन आरडिसी नेपालका उपाध्यक्ष नेकमहम्द हुसैनले गर्नु भएको थियो । कार्यक्रमलाई रोमान्चक बनाउने रौतहट जिल्लाका प्रसिद्ध गायक विरिज किशोर सहनी, रामदयाल शर्माको टिम र आईविए विद्यलाय गौरका बालबालीकाहरुले आफनो प्रतिभा प्रतुत गरि मनोरंजन गराएका थिए ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!