गौहत्या विरोधमा सुदूरपश्चिममा बन्द, बन्दको प्रभाव कैलालीमा मात्रै

Posted on: 25 Dec, 2016

पुष १० कैलाली । गौहत्या गरिएको भन्दै त्यसको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका हिन्दूवादी संघसंस्थाले सुदूरपश्चिमका जिल्लाहरुमा बन्द आह्वान गरेका छन । बन्दको प्रभाव कैलालीमा परेको देखिएपनि अरु जिल्लामा भने खासै परेको छैन । कैलालीमा यातायातका साधन चलेका छैनन भने बजार आंशिक रुपमा मात्र संचालित छन । बन्दकर्ताले र्¥यालिसमेत गरेका छन । गत बुधबार भीमदत्त सडकखण्ड अन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुतेमा १४ वटा गाई र ११ वटा गोरुलाई विष खुवाएर छाडिएको दावी गरिएको छ । सडकमा छाडा छोडिएका गाई गोरुलाई कञ्चनपुरको बेदकोट नगरपालिकाले गाडीमा हालेर उक्त स्थानमा छाडेको थियो । गाई गोरु बोक्न प्रयोग गरिएको दुई वटा ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर छानबीन गरिरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । घटनामा संलग्न ठानिएका बेदकोट नगरपालिकाका कार्यकारी अधिकृतसहितका व्यक्तिलाई कारवाही गरिने कैलालीका प्रमुख अधिकारी गोविन्द रिजालले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!