दुलही जस्तै सिंगारियो पोखरा फोटो सहित

Posted on: 27 Dec, 2016

कमल सुबेदी/पुस १२, पोखरा । रेष्टुरेन्ट एण्ड वार एसोशिएसन रेवान पोखराले आयोजना गरेको १८ औ सडक महोत्सवको लागी पोखरा को पर्यटकीय क्षेत्र लेकसाइड यति बेला दुलही जस्तै बनेको छ । 
महोत्सब हुने लेकसाइडको साढे तीन किलोमिटर क्षेत्र सिगारियको छ ।‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने नाराका साथ पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने महोत्सबमा नेपालका विभिन्न भेगका सास्कृति सहित छिमेकी राष्ट्रका सस्कृति पनि देख्न पाइनेछ ।

पोखरालाई अंग्रेजी नयाँ बर्षको गन्तब्यस्थल बनाउने उद्देश्यले आयोजना गरिदै आएको यो महोत्सब पोखराकै प्रतिष्ठित महोत्सबका रुपमा समेत चिनिन्छ । यो महोत्सबले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ठूलो भूमिका निर्वाह गरेको आयोजकको दावि छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!