राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार सामुदायिक रेडियो डडेल्धुरालाई पनि

Posted on: 29 Dec, 2016

पुस १४, डडेल्धुरा । सामुदायिक रेडियो अमरगढी डडेल्धुराले ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ अन्र्तगत संस्थागत पुरस्कार प्राप्त गरेको छ । 

नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार रेडियो अमरगढीले पनि प्राप्त गर्न सफल भएको हो । 

पुरस्कार स्वरुप रेडियो अमरगढी ९७.४ डडेल्धुराले २० हजार रुपैँया प्राप्त गर्ने छ । अमरगढी एफ एममा सञ्चालित शिक्षा सरोकार कार्यक्रमलाई रेडियोका स्टेशन म्यानेजर लोकेन्द्र ओझाले सञ्चालन गर्दै आएका थिए ।

पुरस्कारको लागि महासंघको क्षेत्रीय संयोजकहरुको संयोजकत्वमा गठित शिक्षा विभागका प्रतिनिधिसहितको समितिले गरेको सिफारिस बमोजिम नतिजा सार्वजनिक गरिएको हो ।

त्यस्तै एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२ तर्फ सुदूरपश्चिमाञ्चलबाट रेडियो धनगढी ९०.५ मेघाहर्ज कैलालीले पनि हात मारेको छ ।

यसैगरि ४० हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ पत्रपत्रिकातर्फ सुदूरपश्चिमाञ्चलबाट भवानी भट्ट कान्तिपुर दैनिक–कञ्चनपुर, कृष्ण ओली नागरिक दैनिक–बाजुरा गरी ३ क्षेत्रमा सुयक्तरूपमा प्रदान गरिएको छ । 

सुदूरपश्चिमाञ्चलबाट बसन्तप्रताप सिंह कान्तिपुर दैनिक–बझाङ, शेरबहादुर ऐर अनुमोदन दैनिक–कैलाली र टंकबहादुर कुँवर विन्तीपत्र साप्ताहिक–कैलाली गरी संयुक्तरुपमा प्रदान गरिने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!