अमरगढी नगरपालिकाको २१ औं नगरपरिषदसम्पन्न, साढे १३ करोड बढी बजेट प्रस्ताव

Posted on: 05 Jan, 2017

ललित बोहरा । पुष २१ डडेल्धुरा । अमरगढी नगरपालिकाको २१ औं नगरपरिषद प्रस्तावित वजेट समावेश गर्दै चालू आर्थिक वर्ष २०७४÷७५ का लागि १३ करोड ५० लाख ७७ हजार रुपैँया वजेट प्रस्ताव गरेको छ । विहिवार सम्पन्न २१औ परिषदबाट चालु तर्फ पाँच करोड ४७ लाख र पुजिँ तर्फ सात करोड ४६ लाख ७ हजार रुपैयाँ वजेट प्रस्ताव गरेको हो । कुल वजेटको ३५ प्रतिसत चालु खर्च तर्फ र ६५ प्रतिसत पुजिँगत खर्चतर्फ वजेट विनियोजन गरेको छ । अमरगढी नगरपालिकाको लागि आगामि वर्षका लागि पहिलो प्रथमिकता सडक तथा यातायात, खानेपानि, बिधुत, सिंचाई दोश्रो प्राथमिकतामा पार्क, धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई सपिङ कम्पलेक्स र सुन्दर सहरको रुपमा वजेट छुट्टयाएको छ । आगामि २ वर्ष भित्रै डडेल्धुरा जिल्लालाई हरित जिल्ला रोज सिटिको रुपमा विकास घोषणा गर्ने लक्ष्यका साथ वजेट सार्र्वजनिक गरिएको कार्यकारि अधिकृत खेम वहादुर मंग्रातीले जानकारी दिएका छन ।

नगरको भौतिक पुर्वाधार अन्तरगत निर्माण कार्यक्रमहरुमा सुधार तथा विस्तारलाई निरन्तरता दिने, ढलनिकास समस्या सामाधानार्थ ढल निकासको ब्यबस्था गर्ने र पर्यटकिय क्षेत्रलाई समेटने गरि वजेट प्रस्ताव राखेको छ । प्रस्तावित वजेटमा कृषि तथा सहकारी पर्यटन युवा तथा खेलकुद, महिला, वालवालिका, जेष्ठ नागरिक, विपन्न, दलित, आदिवासी अपाङ्ग, पिछिडिएका वर्गसम्वन्धि सूचना, सञ्चार क्षेत्रको विकास शु–शासन तथा सङ्गठन सम्बन्धि कार्यक्रम राखेको छ । त्यसै गरि सामाजिक तथा टोल विकास आर्थिक प्रशासन तथा राजस्व प्रचलित निति वन वातावरण तथा सरसफाई लगायतका कार्यक्रम प्रस्तावित वजेटमा उल्लेख गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!