बाग्लुङ कालिका मन्दिरमा श्रावण र माघमा बलि दिन रोक

Posted on: 06 Jan, 2017

महेन्द्र केसी, पर्वत । बाग्लुङकको प्रसिद्ध धार्मिक स्थल बाग्लुङ कालिकामा श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाइएको छ । बाग्लुङ भगवती गुठि व्यवस्थापन समितिले श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाएको हो । त्यस्तै औशी र एकादशीमा समेत पशु बलि दिन रोक लगाएको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए । मन्दिर व्यवस्थापन समितिले यो भन्दा पहिले मन्दिर परिसरमा परेवाको बलि दिनको लागि रोक लगाएको थियो । मन्दिरमा दैनिक सयौ पशुचौपाँ, हाँस, कुखुराको बढी दिइने गरिन्छ ।्

गुठी व्यवस्थापन समितिले पहिले मन्दिरको अगाडीनै पशु तथा अन्यको बलि गरिने भएता पनि पछिल्लो समयमा बधस्थलको निर्माण गरी बदशालामानै पशु तथा अन्य पशुपंक्षीको बलि दिने ठाउँको व्यवस्थापन गरेको छ ।

मन्दिर परिसरलाई तिर्थालु तथा पर्यटकहरु व्यवस्थापन गर्नको लागि आवश्यक भौतिक पूर्वधार निर्माण कार्यालयाई समेत गुठी व्यवस्थापन समितिले निरन्तरता दिएको छ । मन्दिर परिसरको व्यवस्थापनको लागि कर्मचारीनै राखेर मन्दिरको सरसफाइ तथा अन्य कार्यहरु हुदै आइरहेका छन् । मन्दिरमा महिना दिनमानै लाखौको भेटी संकलन हुने गरेको छ ।

यसैविच मन्दिरमा पौष महिनाको तेस्रो सातमा संकलन भएको भेटी सार्वजानिकरण गरिएको छ । पौष महिनाको तेस्रो सातामा १ लाख ३८ हजार ९ सय ९६ रुपैयाँ भेटी संकलन भएको गुठी संस्थानले जनाएको छ । 

संकलित रकमको बिवरण अनुसार १५ गते ९ हजार ६ सय ६० रुपैयां, १६ गते ५५ हजार २ सय २० रुपैयां, १७ गते १३ हजार ७५ रुपैयां, १८ गते ८ हजार ७ सय ५५ रुपैयां, १९ गते २९ हजार ५ सय ६ रुपैयां, २० गते ५ हजार ६ सय ९० रुपैयां तथा २१ गते ७ हजार ९० रुपैयां जम्मा भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!