मुगुका दलित समुदायलाई बाल्टीन वितरण

Posted on: 12 Jan, 2017

नन्द बहादुर रोकाया/पुस २८, मुगु । दलित तथा बिपन्न परिवार लाई बाल्टीन बितरण गरिएको छ  । 

सदरमुकाम संगै जोडिएको कार्काीवाडा गा बि स वडा नं ५ का दलित बस्तीका स्थानीय लाई प्रत्यक घरका लागी एक  एक बाल्टीन बितरण गरिएको हो  ।

युनिसेफको आर्थिक सहयोग तथा आत्म सम्मानको लागि सहकार्य (क्याड) नेपाल र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेक) मुगुको सहजीकरणमा दलित तथा बिपन्न परिवार लाई बाल्टीन बितरण गरीएको  हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेक) मुगुकी मानवअधिकार अधिकृत सन्जु तिमील्सैनाले बताउनु भयो । 

जिल्लाको कार्कीवाडा गा.वि.स. वडा नं.५ ढुम गाँउ मा पर्ने दलित तथा विपन्न बस्तिमा वास परियोजना अन्तर्गत प्रत्येक घरआँगनमा सफा राख्न हातधुने स्थान निर्माण गर्नको लागि बाल्टी वितरण गरीएको अधिकृत तिमील्सैनाल बताउनुभयो । 

यसै बिच स्थानीयले खुसी हुदै बाल्टीन दिने सस्था लाई धन्यवाद दिएका छन । उनि हरुले १ हप्तामा प्रत्येक घरमा हातधुने स्थान, घरको आँगनमा फोहोर फाल्ने खाडल निर्माण गर्ने र प्रत्येक हप्ताको शनिवार सरसफाई कार्यक्रम संचालन गर्ने भनि एक सरसफाई समिति समेत गठन गरेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!