जिप्रका अछाममा ६ महिनाको अवधिमा २७ वटा मुद्दा दर्ता

Posted on: 15 Jan, 2017


कमल रावल | माघ २, अछाम | जिल्ला प्रहरी कार्यालय अछाममा ६ महिनाको अवधिमा २७ वटा मुद्दा दर्ता भएका छन । २०७३ साउन १ गते देखि माघ गते सम्म २७ वटा दर्ता भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

६ महिनाको अवधिमा गर्ने पत्रकार सम्मेलन अनुसार आज जिल्ला प्रहरी कार्यालय अछामले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामा सबै भन्दा बढी ११ वटा मुद्दा आत्म हत्याका रहेका छन । त्यस्तै कर्तव्य ज्यान २, भबितब्य ३, फुटकर ३, सवारी ज्यान २, जवरजस्ती करणी २, ज्यान माने उद्योग १ रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपि निरञ्जन दत्त भट्टले बताउनु भयो । २७ वटा मुद्दा मध्ये ८ वटा जिल्ला अदालतमा पेश, १ प्रक्रियामा चालु र १८ वटा बाकी म्याद अवधि भर चालु रहेको बताउनु भयो । यो वर्ष गत आर्थिक बर्षको भन्दा जिल्ला प्रहरी कार्यालयका निकै कम घटना आएका छन । 

गत आर्थिक वर्षमा ६० वटा मुद्दा दर्ता गरिएको थिए भने यो वर्ष हाल सम्म २७ वटा मात्र दर्ता भएको बताईएको छ । यो वर्षका घटनामा सबै दोषि प्रक्राउ परेका छन भने जिल्ला प्रहरी कार्यालय अछामले एक बर्ष अघि बहु विवाह गरेर फरार अभियुक्त लाई समेत पक्राउ गरेको छ । यसैगरि यो ६ महिनाको अवधिमा ५४ वटा विभिन्न प्रकृतिका ठाँडो उजुरीका मुद्दा पनि जिल्ला प्रहरी कार्यालयले मिलापत्र गराएको छ । अछाममा दर्ता भएका २७ मुद्दा मध्ये १४ वटा महिला तथा वालवालिकासंग सम्बन्धीत रहेका छन । साथै डिएसपि भट्टका अनुसार दैविक प्रकोप अन्र्तगत अछाम जिल्लामा १ करोड ४७ लाख १९ हजार ३ सय १० आर्थिक रकम बराबरको क्षति भएको पाईएको छ । जसमा १ सय ९ घटना भएका र जिल्लामा ३ सय २ घरधुरी प्रत्यक्ष रुपमा प्रभावित भएका बताईएको छ । 

प्रहरीका अनुसार अछाम जिल्लामा यो अवधिमा ९ जना महिला तथा वालवालिका हराएकोमा ५ जनालाई भेटाएर आफन्तको जिम्मा लगाईएको छ । र जिल्लामा ट्राफिक नियमको उल्लघन गर्ने ८ सय ३ सवारी साधन कारबाहीमा परेका छन । जसबाट ५ लाख ५५ हजार राजस्व सँकलन भएको छ । यो अवधिमा प्रहरी मेरो साथी अभियानलाई पनि निरन्तरता दिईएको बताईएको छ । ६ महिनाको अवधिमा ३३ वटा स्थानमा सचेतना, अन्तक्र्रिया, सडक नाटक लगाएतका कार्यक्रम गरिएका पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!