गुल्मीको एक निमाविका लागि आधा करोड

Posted on: 17 Jan, 2017

माघ ४, गुल्मी । गुल्मीको एक निम्न माध्यमिक विद्यालयलका लागि आधा करोडभन्दा बढी रुपैयाँ आर्थिक सहयोग जुटेको छ । 

जोहाङ्ग–५, रितौदीमा रहेको ज्ञानोदय निम्न माध्यमिक विद्यालयका लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र सङ्घसंस्था लगायतबाट गरी हालसम्म ५१ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो । 

विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन, सबैको पायक पर्ने स्थानमा विद्यालयलाई स्थानान्तरण गर्ने, विशेषगरी दलित बालबालिकालाई निःशुल्क रुपमा उच्च शिक्षा हासिलमा सहयोग पु¥याउने र नमुना विद्यालयका रुपमा स्थापित गराउने उद्देश्यका साथ विद्यालयले आउँदो फागुन १४ देखि १६ गतेसम्म स्वर्ण महोत्सव सञ्चालन गर्न लागिरहेको छ । 

यतिबेला विद्यालयले विभिन्न स्थानमा आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!