रघुपति जुट मिलमा आगलागी

Posted on: 19 Jan, 2017

माघ ६, विराटनग । बिराटनगर २२ स्थित रघुपति जुट मिलमा बिहिबार बिहान आगलागी भएको छ । 

मिलको स्पिनिङ शाखाको बिधुत लाईन सर्ट भई बिहान ९ बजे आगलागी भएको हो । आगलागिबाट चार थान स्पिनिङ मेशीन र ६ टन तयारी कोप जल्दा अन्दाजी ६ लाख बराबरको क्षति भएको बताइएको छ । आगलागी सोही मिलमा काम गर्ने कामदारहरुको प्रयासमा नियन्त्रण भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!